default_image

5 years ago

July 4, 2020

युभेन्टसमा रोनाल्डोको पहिलो फ्रिकिक गोल

175 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएयता क्लबका लागि पहिलो पटक फ्रिकिकमा सिधै गोल गरेका छन् ।

आफ्नो व्यावसायिक फुटबल करीअरमा उत्कृष्ट फ्रिकिक प्रहारका लागि प्रख्यात रोनाल्डोले पछिल्लो दुई वर्षदेखि फ्रिकिकमा गोल गर्न सकेका थिएनन् । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडको जर्सीमा सानदार फ्रिकिकका लागि चर्चित रोनाल्डोले युभेन्टसको जर्सीमा भने फ्रिकिक गोलको खाता खोल्न २ वर्ष कुर्नुपर्यो ।

रोनाल्डोले टोरिनोविरुद्ध लिगको ३० औं खेलमा फ्रिकिकमार्फत गोल गर्दै युभेन्टसलाई ३-१ को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गरेका थिए ।

ड्यानिलोको पेनाल्टी क्षेत्रबाहिरको प्रहार ओला ऐनाको हातमा लागेपछि रेफ्रीले फ्रिकिक दिएका थिए । झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई वालको माथिबाट टप कर्नरमा छिराउँदा गोलरक्षक सिरिगुले बचाउने कुनै अवसर पाएनन् ।

हेर्नुहोस तस्बिरमा रोनाल्डोको गोल :

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.