default_image

5 years ago

July 5, 2020

बायर्न जर्मन कप च्याम्पियन

174 views

0 Bookmark

एजेन्सी – यो सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफबी पोकल) को च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको हो ।

लिभरकुसनको मैदान ओलम्पिया स्टेडियम बर्लिनमा भएको खेलमा बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा डेभिड अल्वा र सर्जी जिनाब्रीले गोल गरे । लिभरकुसनका स्वेन वेन्डर र काई हाभर्टजले गोल गरेपनि हार टार्न सकेनन् ।

डिएफबी पोकलको सर्वाधिक सफल तथा गतवर्षको समेत च्याम्पियन रहेको बायर्नले २४ पटक फाइनल खेल्दा २०औं पटक च्याम्पियन बन्न सफल भएको हो । यता, लिभरकुसन भने २७ वर्षपछि डिएफबी पोकलको च्याम्पियन बन्ने योजनामा रहेपनि सफल हुन सकेन ।

१९९३ मा च्याम्पियन भएयता लिभरकुसनले यो उपाधि जित्न सकेको छैन । लिभरकुसन २००२ र २००९ मा फाइनलमा पुग्न सफल भएपछि उपाधिबाट बिमुख बनेको थियो ।

लिभरकुसनविरुद्ध बायर्नले खेलको सुरुवातदेखि नै पकड बनाएको थियो । १६औं मिनेटमा डेभिड अल्वाको गोलमा अग्रता लिएको बायर्नले २४औं मिनेटमा सर्जी जिनाब्रीको गोलमा पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

त्यसपछिको दुई गोल भने बायर्नका लागि यो सिजन बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बनेको पोलिस रोवर्ट लेवान्डोस्कीको नाममा रह्यो । ५९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई उपाधितर्फ लम्काए ।

६४औं मिनेटमा एसभेन वेन्डरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउदै लिभरकुसनलाई खेलमा फर्काउने संकेत दिए । ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिग दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई खेलमा ४–१ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा काई हाभर्टजले गोल गरेपनि लिभरकुसन बायर्नसँग ४–२ ले पराजित हुदै उपाधिबाट विमुख बन्यो । लिभरकुसन पछिल्लो खेलमा पनि बायर्नसँग ४–२ ले नै पराजित भएको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.