default_image

5 years ago

July 5, 2020

ज्लाटन चम्कँदा लाजियो पराजित

159 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीपछि पहिलो खेल खेलेका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले उच्च प्रदर्शन गरेपछि उपाधि दावेदारको रुपमा अघि बढेको लाजियो घरेलु मैदानमा एसी मिलानसँग स्तब्ध बनेको छ । लाजियो एसी मिलानसँग ३–० ले स्तब्ध बनेको हो ।

एसी मिलानसँगको हारसँगै लाजियोको उपाधि जित्ने सम्भावना न्युन बनेको छ । शनिबार राति नै शीर्षस्थानमा रहेको युभेन्टसले टोरिनोमाथि ४–१ को जित निकाल्दै शीर्षस्थानमा ७ अंकको फराकिलो अग्रता बनाएको छ ।

मिलानमाथि जित निकाल्न सकेको भए लाजियो युभेन्टससँग ४ अंकले मात्रै पछि पर्ने थियो । तर, नतिजा आफ्नो अनुकुल निकाल्न सकेन ।

रोमामा शनिबार राति भएको खेलमा मिलानको जितमा हकान चाल्हानोग्लु, ज्लाटन इभ्राहिमोभिच र एन्टी रेविचले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

खेलको २३औं मिनेटमा नै हकानको गोलबाट मिलान खेलमा अघि बढेको थियो । उनले ज्लाटनको पासमा गोल गरेका थिए । ३४औं मिनेटमा ज्लाटनले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई २–० ले अघि बढाए ।

एलेक्सिसले क्रस गरेको बललाई लाजियोका रक्षक स्टेफन ड्यानियल राडुले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो । जसमा इभ्राहिमोभिच चुकेनन् ।

त्यसअघि ३१औं मिनेटमा ज्लाटनले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा जोआक्विन कोरेरा गोल नजिकै पुगेपनि मिलानका डिफेन्डर थियो हर्नान्डेजले उत्कृष्ट डिफेन्डिङको नमुना पेश गर्दै लाजियोलाई निराश पारे ।

५३औं मिनेटमा लुइस अल्ब्रेटोको फ्रिकिकमा म्यानुएल लाजरीले गोल गरेपनि अफसाइड ठहरिए । ५९औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानको ३–० को जित पक्का गरे ।

६८औं मिनेटमा हर्नान्डेजको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले उत्कृष्ट बचाउ गरे । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान ३–० ले विजयी हुन सफल भयो ।

जितसँगै मिलान ३० खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लन सफल हुदा लाजियो ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको युभेन्टसको ७५ अंक पुगेको छ । यस्तै अर्काे खेलमा सासुअलोले लेच्चेमाथि ४–२ को जित निकालेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.