default_image

5 years ago

July 5, 2020

म्यानचेस्टर युनाइटेड र लेस्टरको सानदार जित

181 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बर्नमाउथमाथि ५–२ को सानदार जित निकालेको हो ।

युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा माकर्सस रासफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेजे गोल गरे । बर्नमाउथका जुनियर स्टानिसलास र जोसुवा किङले गोल गरे ।

गोलको वर्षा भएको खेलमा बर्नमाउथले १५औं मिनेटमा जुनियरको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले जोसुवा किङको पासमा गोल गरेका थिए । २९औं मिनेटमा मासन ग्रीनवुडले ब्रुनो फर्नान्डेजको पासमा बराबरी गोल फर्काउदै खेलमा फर्किए ।

३५औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । एन्थोनी मार्सियलको हेडरमा एडाम स्मिथले ह्यान्ड गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनोको पासमा मार्सियलले गोल गरेपछि युनाइटेडले खेलमा ३–१ को पकड बनायो ।

४९औं मिनेटमा जोसुवा किङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर, त्यसपछि युनाइटेडले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए । ५४औं मिनेटमा मासन माउन्टले तथा ५९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ५–२ को सानदार जित दिलाए ।

जितसँगै युनाइटेड ३३ खेलबाट ५५ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा बर्नमाउथ २७ अंक जोडेर १९औं स्थानमा यथावत छ ।

यस्तै अर्काे खेलमा जेमी भार्डीले प्रिमियर लिगमा १ सय गोलको कोसेढुंगा पार गरेको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकालेको छ । भार्डीले प्रिमियर लिगको २०६ खेलमा १०१ गोल गरेका हुन् । भार्डीले दुई तथा केलिची इहेनाचाले इक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

४९औं मिनेटमा केलिचीको गोलबाट लेस्टर खेलमा अघि बढेको थियो । ७७औं र इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई सहज जित दिलाए । जितसँगै लेस्टर ३३ खेलबाट ५८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । क्रिस्टल प्यालेस ४२ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.