5 years ago
July 5, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा शनिबार राती भएको खलेमा वाट्फोर्डमाथि ३–० को सहज जित हात पारेको हो ।

स्टामफोर्ड ब्रिजमा चेल्सीको सहज जितमा ओलिभर जिरुउड, विलियन र रोस बार्कलीले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक सम्भव भएको थियो । खेलको २८औं मिनेटमा जिरुउडको रोस बार्कलीको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
४३औं मिनेटमा ब्राजिली विलियनले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । इटिने कपोइले क्रिस्टियन पुलिसिसलाई अनावश्यक फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा विलियन चुकेनन् ।

दोस्रो हाफमा पनि चेल्सीले पाहुना टोलीमाथि बल पोजेसन राखेपनि थप गोलको लागि इन्ज्युरी समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोस बार्कलीले कप्तान सिजर एज्पिलिक्वेटाको पासमा गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।
जितसँगै चेल्सी ३३ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा वाट्फोर्ड २८ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थानमा माथि यथावत छ ।
यस्तै अर्काे खेलमा आर्सनलले वल्भ्समाथि २–० को सहज जित निकालेको छ । आर्सनलको जितमा बुकायो साका र लुकास टोरेराले गोल गरे ।
जितसँगै आर्सलन ३३ खेलबाट ४९ अंक जोडेर सातौं स्थानमा उक्लन सफल भएको छ । पराजित वल्भ्स ५२ आंक जोड्दै तालिकाको छैटौं स्थानमा यथावत छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]