default_image

5 years ago

July 5, 2020

फ्रिकिक गोलले मनोबल बढेको रोनाल्डोको भनाइ

169 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सिरी ए अन्तर्गत शनिबारको खेलमा टोरिनोविरुद्ध फ्रिकिकमा सिधै गोल गर्दै दुई वर्षदेखि चलिरहेको फ्रिकिक गोलको खडेरी तोडेका छन् ।

युभेन्टसले लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा ४-१ को जित दर्ता गरेको थियो । दोस्रो हाफमा रोनाल्डोको फ्रिकिक गोलसँगै युभेन्टस ३-१ ले अगाडी बढ्दै जिततर्फ अग्रसर रहेको थियो । खेलपछि पत्रकारसँग बोल्ने क्रममा रोनाल्डोले फ्रिकिक गोलसँगै मनोबल झनै बढेको बताएका छन् ।

‘मलाई त्यो फ्रिकिक गोल जसरि पनि गर्नु थियो । मेरो मनोबल बढाउनकै लागि पनि फ्रिकिकमा गोल गर्न चाहन्थें,’ रोनाल्डोले भने, ‘ हामीलाई थाहा थियो खेल सहज हुने छैन । हामीले पूरा समय मिहिनेत गर्यौं र उपाधि होडमा थप बलियो स्थान बनायौं ।’

रोनाल्डोले टोलीको जितका लागि जसले गोल गरेपनि फरक नपर्ने प्रष्ट पारे । ‘ गोल कसले गर्यो त्यो मतलब हुँदैन, मात्र टोलीको जित पक्का हुनुपर्यो । हामी सबै उच्च लयमा छौं । अबको ध्यान मिलानविरुद्ध खेलमा हुनेछ । त्यो खेल पक्कै सहज हुने छैन,’ रोनाल्डोले थपे ।

रोनाल्डोको फ्रिकिक गोलले प्रशिक्षक माउरिजियो सार्रीलाई पनि थप खुसी दिएको छ । सार्रीले खेलपछि बोल्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गर्न नसक्दा उनलाई कति असर परेको भन्ने यकिन गर्न नसकेको बताए ।

‘मलाई कहिल्यै पनि लागेन की फ्रिकिकमा गोल नहुनु समस्या थियो । तर खेल सकिएपछि उनी मकहाँ आए र भने, अन्त्यमा गोल भयो,’ सार्रीले थपे, ‘ मलाई थाहा थिएन उनको खेलमा यति असर परेको थियो भन्ने ।’

सार्रीले रोनाल्डोसँगै डिबालाको भूमिकाको पनि खुलेर प्रशंसा गरे । ‘मलाई डिबालामाथि कहिले पनि शंका थिएन । यो साँचो हो की गत सिजन उनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । तर त्यसअघि उनले गोल गरेका थिए । पछिल्लो सिजन उनको दुर्भाग्य नै मान्नुपर्छ,’ सार्रीले भने ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.