default_image

5 years ago

July 5, 2020

बार्सिलोना र भिल्लारियल खेल्दै

192 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको ३४औं चरणमा आज (आइतबार) राति विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानको रियल म्याड्रिड र दोस्रो स्थानको बार्सिलोनाले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ ।

क्याटलान क्लब बार्सिलोना भिल्लारियलको भ्रमण गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । उपाधि यात्रालाई जीवितै राख्न बार्सिलोनालाई भिल्लारियलविरुद्धको खेलमा जित आवश्यक छ । बराबरी या हारले बार्सिलोनाको उपाधि यात्राको सम्भावना झिनो बन्नेछ ।

आइतबार राति नै बार्सिलोनाभन्दा अगाडि रियलको खेल भएका कारण यसको फाइदा बार्सिलोनाले उठाउन सक्नेछ । रियल पराजित भएको अवस्थामा बार्सिलोनाले जित हात पारेको खण्डमा अंक दुरी १ मा छोट्याउनेछ । रियल बराबरीमा रोकिएको अवस्थामा बार्सिलोनाले जित निकाले अंक दुरी २ मा झर्नेछ ।

त्यसैले बार्सिलोना भिल्लारियलविरुद्ध जितकै लागि मैदानमा उत्रनेछ । कोरोना पछिको ६ खेलमा अपराजित रहेपनि बार्सिलोनाको प्रदर्शनमा एकरुपता नहुदा ६ अंक गुमाइसकेको छ ।

लियोनेल मेस्सी, लुइस सुआरेज, रिकार्ड पुच, इभान राकिटिच, जेरार्ड पिके र गोरक्षक मार्क आन्द्रे टेर स्टेगनजस्ता स्तरीय खेलाडीको बार्सिलोनालाई साथ छ ।

यता, शीर्ष चारको दौडमा रहेको भिल्लारियल पनि बार्सिलोनालाई पराजित गर्दै अंक तालिका सुधार्दै चौथो स्थानमा रहेको सेभिल्लासँगको अंक बराबरी गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.