default_image

5 years ago

July 5, 2020

रामोसको पेनाल्टी गोलमा रियलको जित

183 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आइतबार भएको खेलमा एथ्लेटिक बिल्वाओलाई १-० ले पराजित गरेको छ ।

रियलले आइतबार राति भएको खेलमा घरेलु टोली एथ्लेटिको क्लब बिल्वाओको चुनौती १–० ले पन्छाउदै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । कोरोनापछि रियलको यो लगातार शतप्रतिशत सातौ जित हो । ला लिगामा चार चरणको खेल बाँकी रहँदा रियलले तीन खेलमा जित हात पारे रियलले उपाधि जित्नेछ ।

खेलको सातौ मिनेटमा नै रियलका मार्सेलोले इनिगो कोर्डाेवाको चलाखीपुर्ण क्रसलाई उस्तै तरिकाले इनाकी विलियम्ससमक्ष पुग्न नपाउदै क्लियर गरिदिएका थिए । ३६औं मिनेटमा राहुल गार्सियाको पासमा इनाकी विलियम्सको वान भर्सेस वानकै अवस्थाको प्रहार आकासिदा घरेलु टोली अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा मार्काे एसेन्सियोको पासमा बेन्जेमा गोल गर्न चुक्दा रियलले पनि खेलमा अग्ता लिने अवसर गुमाएको थियो ।

पहिलो हाफको तुलनामा रियलले दोस्रो हाफमा सुढृड खेल पस्कदै घरेलु टोलीलाई दवामा राख्दै लगातार पोस्ट आक्रमण बुनेपनि गोलका लागि पेनाल्टीको साहरा नै लिनुपर्‍यो । ६०औं मिनेटमा रोड्रिगोलाई दुई डिफेन्डरलाई कटाउदै लगेको बललाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले अघि बढ्दै नियन्त्रणमा लिए ।

७३औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टीको मौका प्रदान गरेको थियो । जसमा कप्तान रामोस चुकेनन् । उनले ला लिगामा यो सिजन १० गोल गर्न सफल भएका छन् ।

८५औं मिनेटमा बिल्वाओले बराबरी गोल फर्काउने सुन्दर अवसर खेर फाल्यो । डि मार्काेसको प्रहारले पोस्टको गति लिन सकेन । ८७औं मिनेटमा रियलका लुका मोड्रिचको फ्लिक पासमा टोनी क्रुसले फिनिसिङ गर्न सकेन । लगत्तै करिम बेन्जेमाको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले क्लोज रेन्जबाट उत्कृष्ट बचाउ गरे । त्यसपछि थप गोल निस्कन नसक्दा रामोसको पेनाल्टी गोल नै रियललाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

जितसँगै रियलको ३४ खेलबाट ७७ अंक पुगेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ७ अंक बढी हो । यद्धपि बार्सिलोनाले क खेल कम खेलेको छ । बार्सिलोनाले आज राति नै भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । पराजित बिल्वाओ ४८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.