5 years ago
July 6, 2020
एजेन्सी – स्टार फरवार्डद्धय लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि सानदार जित हात पारेको छ ।

बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को सानदार जित निकाल्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरुी ४ मा छोट्याएको हो । जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगामा चार खेल बाँकी रहँदा बार्सिलोनाले सबै खेलमा जित निकाल्नुका साथै शीर्षस्थानको रियलले अंक गुमाउनुपर्ने हुन्छ ।
शीर्षस्थानको रियलले आइतबार राति नै एथ्लेटिको क्लब बिल्वाओमाथि १–० को कठिन जित निकालेको थियो । बार्सिलोनाको जितमा युवा स्टार अन्सु फातीले पनि गोल गर्दा एक गोल उपहार पाएको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले एक गोल फर्काए ।

भिल्लारियलमा आइतबार राति भएको खेलमा बार्सिलोना खेलको तेस्रो मिनेटमा नै पोउ टोरेसको आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । जोर्डी अल्वाको क्रसलाई भिल्लारियलका टोरेसले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।
१४औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । स्यामुइल चुकवुइजीबाट पाको एल्कासेर हुदै सेन्टी कार्जाेलाबाट आएको लो क्रसलाई मोरेनोले गोलमा परिणत गरेका थिए । १६औं मिनेटमा सुआरेज चुक्दा बार्सिलोनाले खेलमा अग्रता बनाउने अवसर गुमायो ।

२०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको एकल उत्कृष्ट मुभमेन्टको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । ३०औं मिनेटमा मोरेनोको पासमा चुकवुइजीको प्रहार क्रसबारमा लाग्दा भिल्लारियल बराबरीबाट चुकेको थियो ।
४२औं मिनेटमा मेस्सी र सुआरेजले अवसरलाई सदुपयोग गर्न सकेन । ४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ को आरामदायी अग्रता दिलाए । ग्रिजमनले पछिल्लो १० खेलपछि गोल गर्न सफल भएका हुन् ।
५२औं मिनेटमा कप्तान मेस्सीको प्रहारलाई भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले विफल पारे । ५८औं मिनेटमा सुआरेजको प्रहार पोस्टबाट थोरै बाहिरियो । ६९औं मिनेटमा मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।
८०औं मिनेटमा अल्वाको क्रसमा मार्टिन ब्रेथवेट चुके । ८६औं मिनेटमा सब्सिच्युट अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–१ को जितसहित ३ अंक दिलाए । फाती ७२औं मिनेटमा ग्रिजमनको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि इन्ज्युरी समयमा कप्तान मेस्सीको दुई प्रयासलाई गोलरक्षक सर्जियो एसेन्जोले विफल पारे ।
जितसँगै बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक रहेको छ । पराजित भिल्लारियल ५४ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।
अन्य नतिजा
स्पान्योनविरुद्ध लेगानेस (०–१)
ओसासुनाविरुद्ध गेटाफे (०–०)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]