default_image

5 years ago

July 6, 2020

अग्रता र पेनाल्टी चुकाउँदा इन्टर स्तब्ध

134 views

0 Bookmark

एजेन्सी – खेलमा लिएको अग्रता र पेनाल्टी चुकाउँदा इन्टर मिलान इटालियन सिरी ‘ए’ मा बोलोग्नासँग २–१ ले स्तब्ध बनेको छ । यो हारसँगै इन्टरले दोस्रो स्थानको लाजियोसँगको अंक दुरी छोट्याउने मौकासमेत गुमाएको छ ।

इन्टरका रोमेलु लुकाकुले गोल गर्दा बोलोग्नाका मुसा जुवारा र मुसा बारोले गोल गरे । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थिए । घरेलु मैदान मिलानोमा आइतबार राति भएको खेलमा इन्टरले २२औं मिनेटमा लुकाकुको गोलबाट अग्रता बनाएको थियो ।

५७औं मिनेटमा बोलोग्नाका रोबर्टाे सोरियानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टरलाई खेलमा थप सहज हुने अनुमान गरिएको थियो । ६२औं मिनेटमा लोउटारो मार्टिनेजले पेनाल्टीको मौका चुकाउदा इन्टर अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

मिचेल डिजिक्सले इन्टरका एन्टेनियो क्यानड्रेभालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मार्टिनेजको प्रहारलाई गोलरक्षक लुकास्जले बचाएका थिए ।

 

पेनाल्टी बचाएपछि मनोवल बढेको बोलोग्नाले ७४औं मिनेटमा मुसाको गोलबाट खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा इन्टर मिलान पनि १० खेलाडीमा समेटियो । एलेसान्द्रो बास्टोनी दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।

 

८०औं मिनेटमा मुसा बारोले गोल गर्दै बोलोग्नालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–१ ले पराजित हुन पुग्यो । पेनाल्टी चुक्नु नै इन्टरको हारको टर्निङ प्वाइन्ट बन्यो ।

इन्टर ३० खेलबाट ६४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । बोलोग्ना ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.