5 years ago
July 6, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र एटलान्टाले जित हात पारेको छ । नेपोलीले रोमालाई २–१ ले पराजित गरेको हो ।

नेपोलीको जितमा जोसे मारिया कालेजोन र लोरेन्जो इन्सिग्नेले गोल गरे । रोमामा हेनरिक मिख्तारियनले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा नेपोलीले ५५औं मिनेटमा जोसे मारिया कालेजोनको गोलबाट अग्रता बनाएको थियो । उनले मारिया रुईको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसको पाँच मिनेटपछि नै हेनरिखले बराबरी गोल फर्काएका थिए । उनले इडेन जेकोको पासमा गोल गरेका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नेपोलीलाई २–१ को जित दिलाए ।
जितसँगै नेपोलीले पाँचौ स्थानको रोमासँग अंक बराबरी गरेको छ । समान ४८ अंक भएपनि नेपोली गोल अन्तरमा पछि पर्दै छैटौ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा एटलान्टाले काग्लिएरीमाथि १–० को कठिन जित निकाल्दै अर्काे सिजनको च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको छ ।
चौथो स्थानमा रहेको एटलान्टाको ३० खेलबाट ६३ अंक पुगेको छ । जुन पाँचौ स्थानको रोमाको भन्दा १५ अंक बढी हो । काग्लिएरी ३९ अंक जोडेर ११औं स्थानमा छ ।
एटलान्टाको जितमा २७औं मिनेटमा लुइस मुरेलले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा काग्लिएरीका जियोभानी सिमिओनले गोल गरेपनि भिएआरको मान्यता पाएन ।
२७औं मिनेटमा एन्ड्रिया कार्वाेनी दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली काग्लिएरी १० खेलाडीमा समेटिएको थियो । त्यसमै प्राप्त पेनाल्टीमा मुरेलले गोल गरेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]