5 years ago
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाखका दरले ६० लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष तथा प्रतिनिधिलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत एक नारायण अर्याल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले चेक हस्तान्तरण गरे । महानगरले गतवर्षदेखि यो कार्यको थालनी गरेको थियो ।

सानमिगेल मछिन्द्र क्लब, नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी) र सरस्वती क्लब महानगरबाट सहयोग रकम पाउने ‘ए’ डिभिजन क्लब हुन् । सरस्वती यसपटक ‘बी’ डिभिजनमा घटुवा भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले अघिल्लो वर्ष नै हुनुपर्ने कार्यक्रम केही ढिला हुन पुगेको बताउदै अर्काे वर्ष नियमित समयमै रकम हस्तान्तरण गरिने बताएका छन् ।
‘हामीले लिग अघि नै दिने योजना बनाएका थियौ । केही क्लबको आन्तरिक समस्याका कारण र कोभिड–१९ का कारण ढिला हुन पुगेको हो ।’ मेयर शाक्यले भने, ‘यो वर्ष ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई दिन नसकिएपनि अर्काे वर्ष यो वर्षको सहित दोब्बर गरेर दिने योजना छ ।’ महानगरले गत वर्ष ‘बी’ डिभिजनका क्लबलाई ३ लाख तथा ‘सी’ डिभिजनलाई २ लाख रुपैया प्रदान गरेको थियो ।
महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ क्लबहरुलाई आवश्यक सहयोगको विषयमा छलफल भएको र निरन्तर सहयोग गर्दै जाने बताईन् ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरकै सहयोगमा टुडिखेलमा पोल गाड्ने कार्यक्रम भएपनि व्यवस्थित गर्न नसकिरहेको र यस्ता किसिमको निरन्तरको सहयोगले क्लबलाई फाइदा हुने बताए ।
‘ए’ डिभिजन क्लबको तर्फबाट मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंसकारले ढिलै भएपनि पाउनुपर्ने रकम पाउदा खशुी लागेको र यस्तो किसिमको सहयोगले क्लब सञ्चालनलाई सहयोग पुग्ने बताए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]