5 years ago
July 6, 2020
पोखरा (हाम्रो खेलकुद)– अमेरिकामा बासोबास गर्दै आएका फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लब पोखरालाई आर्थिक सहयोग गरका छन् । एफसीका ए लाइसेन्स प्राप्त रुस्लान थ्री स्टारका पूर्व प्रशिक्षक समेत रहेका हुमागाईले आफ्नो लागि जुलाई ७ ‘स्पेशल डे’का रुपमा रहेकोले १ सय अमेरिकी डलर सहयोग गरेका हुन् ।

यद्दपी उनले यो स्पेशल डे का बारेमा भने खुलाउन चाहेनन् । एकेडेमीमा आश्रित बालकहरुलाई केही दिएर सम्झिन चाहेको उनले बताएका छन् । बताए । जुलाई ७ लाई स्पेशल डेका रुपमा मनाउने गरेको उनले बताए ।
थ्री स्टारलाई एक पटक लिग जिताएका हुमागाई त्यसको अर्को वर्ष अमेरिका पुगेका थिए । त्यहाँ उनले स्ट्रोडवर्ग हाई स्कुलमा र केहीस्टोन एथलेटिक क्लबमा मुख्य फुटबल प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरिरहेका छन् । नेपाल आउँदा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग संगै प्रशिक्षण उनी सहारा एकेडेमी पुग्ने गरेका छन् ।

स्पेशल डे पारेर बालकहरुलाई सम्झिएर सहयोग गरेकोमा सहारा क्लबका अध्यक्ष केशव वहादुर थापाले हुमागाईलाई धन्यवाद दिएका छन् । उनको सहयोग कोभिड १९ले भएको लकडाउनले समस्यामा रहेका बालकहरुका लागि खाद्यान्नका लागि खर्च गरिने एकेडेमीका संयोजक विश्वराज बरालले बताए ।
सहारा एकेडेमी हाल विभिन्न जिल्लाका २६ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन् । क्लवले उनीहलाई फुटबल प्रशिक्षण संगै शिक्षा र भरणपोषण गर्दै आइरहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]