default_image

5 years ago

July 6, 2020

कास्की एन्फा अध्यक्ष गुरुङको राजिनामा माग्ने तयारी !

159 views

0 Bookmark

विजय नेपाली, पोखरा

पटक पटक विवादमा पर्दै आएको कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) गत माघ देखि झन् बढी विवादको दलदलमा फसेको थियो । कास्की एन्फा विवाद मुख्य त त्यसका अध्यक्ष मिलन गुरुङको वरिपरि घुमिरहेको छ ।

२०७५ माघमा भएको छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कपको आयव्यय सार्वजनिक नगरेको भन्दै बारम्बार विवादमा आउने गरेपनि गत माघमा लेखनाथमा भएको प्रथम गण्डकी प्रदेश मुख्य मन्त्री लिग फुटबल प्रतियोगिताबाट भने कास्की एन्फा विवाद थप पेचिलो बनेको थियो ।
एन्फा कास्कीका अध्यक्ष गुरुङले आर्थिक अनियमिताका विषयमा छानविन गर्न एन्फाको केन्द्रिय समितिले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । पछिल्लो एक सातादेखि समितिले छानविन गरिरहेको छ । समितिले पत्र काटेरै छैटौं पत्र सस्करणका मनकामना केवलकार पोखरा कपको आयव्यय विवरण एन्फा कास्कीसँग मागिसकेको छ ।

छानविनलाई सहज बनाउनको अध्यक्ष गुरुङको राजीनामा माग्नु पर्नेमा निर्णयमा कास्की एन्फाका अन्य पदाधिकारी पुगेको बताइएको छ । अध्यक्ष गुरुङले राजिनामा नदिए पदाधीकारीहरुले सामुहिक राजिनामा दिने तरखर गरेका छन् । यद्यपी राजिनामाको विषयमा भने आन्तरिक रुपमा छलफल चलिरहेको जनाएको छ ।

एन्फा कास्कीले पोखरा कपका लागि गठिन गरेको विभिन्न समिति तथा उपसमिति संयोजकसहतिको नामावली समेत समितिले मागरेको छ । ‘आवश्यकता अनुसार संघको माइन्युट माग्दै छानविन सुरु गरिरहेका छन् ,’ स्रोतले भन्यो, ‘तर,अहिले सम्म पनि माइन्युट बुझाएको छैन ।’

छानविनका क्रममा ३५ लाख रुपैयाँको को हिसाब नमिलेको देखिएको स्रोतले बतायो । पोखरा कप आयोजना हुदाँ खर्च विवरणले देखिएको छैन । कतिपय खर्च अध्यक्ष गुरुङले एकल निर्णयमा खर्च गरेको देखिएको छ । चेकमा हस्ताक्षर समेत किर्ते रहेको आरोप पनि उनीमाथि लागेको छ । स्रोतले भने वास्तविकता आउन अझै बाँकी रहेको बताएको छ ।

पोखरा कपको समयमा प्रायोजन, टिकट, व्यानरलगायत सबै खाले आम्दानी र खर्च विवरणको छानविन हुने समितिले प्रष्ट पारिसकेको छ । पोखरा कपबाहेक एन्फा कास्कीले आयोजना गरेको क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, छात्रा तथा छात्र विद्यालयस्तरीय एवं महिला फुटबल प्रतियोगिता, ग्रास रुट कार्यक्रम आम्दानी खर्चको समितिले छानविन गर्नेछ ।

खड्का संयोजक रहेको छानविन समितिमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित( एन्फा कास्कीका पूर्व अध्यक्ष) रहेका छन् । संयोजक खड्काले भने, ‘छानविन जारी छ । त्यसको प्रतिवेदन तयार पारेर एन्फामा बुझाइनेछ ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.