default_image

5 years ago

July 7, 2020

आत्मघाती गोलले टोटेनहम विजयी

160 views

0 Bookmark

एजेन्सी – एभर्टनका डिफेन्डर माइकल किनको आत्मघाती गोल सहयोगमा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा महत्त्वपुर्ण जित निकालेको छ । टोटेनहमले एभर्टनमाथि १–० को झिनो जित निकालेको हो ।

टोटेनहमकै मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा माइकल किन गरेको आत्मघाती गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो । उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ह्यारी केनको प्रहारलाई क्लोज रेन्जबाट मासन होल्गेटले बचाएपनि जियोभानी लो सेल्सोको प्रहार माइकल किनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

त्यसअघि २२औं मिनेटमा लुकास मोउराको पासमा ह्यारी विङ्सको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । २९औं मिनेटमा इरिक डिएरको प्रहार एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले सहजै नियन्त्रणमा लिए ।

४०औं मिनेटमा एभर्टनले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । गिल्फी सिगुडसनको कर्नरमा कल्भर्ट लेविनको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाउदै सम्भावित बराबरी टारे । पहिलो हाफमा इन्ज्युरी समयमा रिचार्लीसन चुक्दा एभर्टन बराबरीबाट चुक्यो ।

५३औं मिनेटमा ह्युङ मिन सनले पेनाल्टी एरियामा अवसर पाएपनि गोल गर्न नसक्दा टोटेनहम अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा लुकास मोउराको पासमा सनको अर्काे प्रहारलाई गोलरक्षक पिकफोर्डले सहजै बचाए । ८१औं मिनेटमा एन्थोनी गोर्डनको फ्रिकिकलाई कल्भर्ट लेविनले फ्लिक प्रयास गरेपनि तैनाथ रहेका लोरिसले बचाए ।

८९औं मिनेटमा लुकास डिग्नेको कर्नरमा इरिक लमेलालाई बिट गर्दै गरेको हाफ भली प्रहार पोस्टबाट थोरै बाहिरिदा एभर्टनले खेललाई बराबरी गर्ने अर्काे अवसर खेर फाल्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा टोटेनहम १–० ले विजयी हुन सफल भयो ।

जितसँगै टोटेनहम ३३ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा यथावत छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.