default_image

5 years ago

July 7, 2020

शीर्ष चारमा सेभिल्लाको बलियो पकड

149 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा एइवरमाथि १–० को झिनो जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाउदै अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको हो ।

जितसँगै सेभिल्लाको ३४ खेलबाट ६० अंक पुगेको छ । जुन पाँचौ स्थानको भन्दा ६ अंकले बढी हो । भिल्लारियलको ५४ अंक रहेको छ । एइवर ३५ अंक जोडेर रेलिगेसन जोनभन्दा एकस्थान माथि छ । रोमन सान्चेज पिजुवान स्टेडियममा घरेलु टोलीको जितमा दोस्रो हाफमा लुकास ओकम्पासले गरेको गोल नै निर्णायक बन्यो । ओकम्पासले ५६औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका थिए ।

२७औं मिनेटमा एइवरका टाकासी इनुइको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिदा एइवर अग्रता लिनबाट चुकेको थियो । ४२औं मिनेटमा इभर बनेगाको पासमा फर्नान्डोको हेडरलाई गोलरक्षक मार्काे डिमिट्रोभिकले बचाए । लगत्तै लुकास ओकम्पासको हेडर पोस्टबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा लुकास ओकम्पास नै चुक्दा सेभिल्ला अग्रता लिनबाट चुक्यो ।

लगातारको प्रयास विफल भएपनि सेभिल्लाले ५६औं मिनेटमा गोल गर्दै अग्रता लिन सफल भयो । जेसस नाभासको क्रसमा लुकास ओकम्पासले सिक्स यार्ड बक्सभित्रबाट सहज गोल गरे । त्यसपछि पनि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल नहुदा सेभिल्ला १–० ले विजयी हुन सफल भयो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.