5 years ago
July 7, 2020
पोखरा (हाम्रो खेलकुद)– निकै विवाद पछि छानविन सुरु गरिएको कास्की जिल्ला फुटबल संघले २०७५ सालमा भएको छैटौँ संस्कणको मनकामना केबलकार पोखरा कपमा करिब ३५ लाख रुपैयाँको नोक्सानी भएको देखिएको छ ।

कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमितता गरेको भन्ने गुनासोपछि एन्फाले गठन गरेको समितिले अहिले छानविन गरिरहेको छ । एन्फा कास्कीमाथि समितिले ६ विषयलाई लिएर छानविन गरिरहेको छ । जसको मुख्य विषय भनेकै २०७५ सालमा भएको मनकामना केबलकार पोखराकप रहेको छ ।
जसको आर्थिक गतिविधि अझै आएको छैन नत अहिले सम्म आयव्यय सार्वजानिक नै भएको छ । प्रतियोगिताको फाइनल सकिएपछि विजेताले उधारो पुरस्कार लिए । त्यसपछि सुस्ताएको उक्त विषय गत माघमा लेखनाथको भण्डारढिकमा भएको प्रथम मुख्य मन्त्रीकप फुटबल प्रतियोगिताबाट पुन बल्झिन थालेको हो ।
प्रतियोगिताको दौरान गण्डकी प्रदेशका सांसद् राजिव गुरुङ (दिपक मनाङे) ले प्रतियोगितामा खेलाडीको व्यवस्थापन नगरेको भन्दै कास्की एन्फाका अध्यक्ष गुरुङलाई झापड हाने पछि थप विवादमा आएको हो । एन्फाले संघमाथी छानबिन गर्न केन्द्रबाटै छानबिन समिति गठन गरेको हो । उक्त समितिले सम्भवत् आज मनकामना कपको छानबिनको टुंगो लगाउने छ ।
‘अहिले मनाकामना केबलकारको छानबिन भएको छ । प्रतियोगिता सञ्चालन गर्दा ३५ लाख घाटा देखिएको छ’ स्रोतले भन्यो । प्रतियोगिता सञ्चालन गर्दा पाउनुपर्ने रकम माग्न व्यक्ति देखि संस्था सम्म आएका छन् तर संस्थालाई बढि महत्व दिइएको स्रोतको भनाइ छ । स्रोतको अनुसार प्रतियोगिताको छानबिनको टुङ्गो आजै लाग्ने छ ।
यस्तै छानबिन समितिले प्रतियोगिता बाहेक अन्य कास्की जिल्ला लिग फुटबल प्रतियोगिता, अन्तर विद्यालय फुटबल प्रतियोगिता (जिल्ला), अन्तर विधालय फुटबल प्रतियोगिता (प्रदेश), अन्तर विधालय फुटबल प्रतियोगिता पुरुष र अन्तर विद्यालय फुटबल प्रतियोगिता महिला को कागजपत्र तथा बिल भरपाई उपलब्ध गराउन माग गरेको छ ।
यस्तै छानविन समितिले कास्की संघले सञ्चालन गर्दै आएको एकेडेमीको समेत छानबिन गर्ने भएको छ । एकेडेमीले प्रत्येक प्रशिक्षार्थीबाट मासिक १ हजार रुपैँया लिने गरेको पाइएको छ । स्रोतले बताए अनुसार उक्त विषयमा समेत छानबिन गर्ने र छिट्टै प्रतिवेदन बाहिर आउने छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]