default_image

5 years ago

July 7, 2020

एन्फा उपाध्यक्ष खड्का सहारा एकेडेमी निरिक्षणमा

133 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वीरबहादुर खड्काले मंगलबार सहारा एकेडेमीको निरिक्षण गरेका छन् । कास्की एन्फामा भएको अनियमितता बारे छानविन गर्न खड्का केहि दिन यता पोखरामा छन् ।

उनले सहाराका पदाधिकारीसँगको भेटमा अब व्यावसायिक फुटबलतर्फ अगाडि वढ्न सुझाए । उनले भने– ‘सहारा बलियो र पाको संस्थाको रुपमा उभिएको छ, अब व्यावसायिक फुटबल तर्फ अघि बढ्नुस एन्फा सदैव यहाँहरुको साथमा छ ।’

पहिलो पटक सहारा एकेडेमीको निरिक्षण पछि आफु निकै प्रभावित भएको बताउँदै खड्काले एन्फामा आफ्ना योजना सहित पेश गर्न आग्रह क्लबलाई आग्रह गरे । उनले सहारा क्लबले पोखराको फुटबल विकासमा गरेको योगदानको खुलेर प्रशंसा गरे । उनले भने–’यति व्यवस्थित रुपमा एकेडेमी सञ्चालन गर्नु निकै चुनौतीपुर्ण छ, सहाराले सञ्चालन गरेको एकेडेमी सबैका लागि उदाहरण समेत हो ।’

विगतमा एन्फाको सहारालाई हेर्ने नजर जे जस्तो भए पनि नेपालको फुटबल विकासका लागि सबै मिलेर बढ्नु बाहेक अर्को विकल्प नरहेको बताउँदै खड्काले सहारा एकेडेमी सञ्चालनका लागि एन्फा संधै सहयोगी भुमिका निर्वाह गर्ने जनाए । एकेडेमी सञ्चालनका लागि योजना सहित अगाडि बढ्न सुझाउँदै उनले थपे–’तीन वर्षे वा सात वर्षे योजना लिएर आउनुस मेरो तर्फबाट यहाँहरुलाई सहयोग गर्न तयार छु ।’

कास्की एन्फामा भएको अनियमितताका बारेमा बोल्दै खड्काले आफुलाई एन्फा केन्द्रले जे विषयमा खटाएको हो त्यसलाई पुर्णता दिने बताए । ‘पोखरा फुटबलका लागि उर्वरा भुमी हो यस्ता विषयहरु चाँडो टुँगोमा पुग्नुपर्छ’, उनले थपे–’म यहाँ कसैलाई कार्वाही गर्न वा कसैको पद खोस्न आएको होइन, छानविनमा जे देखिन्छ त्यसको प्रतिवेदन केन्द्रलाई वुझाउने हो कार्वाही गर्ने अधिकार केन्द्रिय समितिमा निहित छ ।’

उनले छानविनमा कुनै कमि नहुने प्रतिबद्धता दोर्हाउँदै छानविन पछि आफुले पत्रकार सम्मेलन मार्फत सबैलाई सार्वजनिक गर्ने बताए ।
एन्फा उपाध्यक्ष खडकालाई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, क्लबका उपाध्यक्ष हरिराम गुरुङ (सुरज)ले स्वागत गरेका थिए । खडका सँगै गार्डेन क्लब अध्यक्ष तथा फुटसलका केन्द्रिय उपाध्यक्ष विनोद गुरुङ र एन्फा केन्द्रिय प्रतिनिधी दयाराम गौतम समेत एकेडेमी पुगेका थिए ।

सहारा क्लव पोखरा द्वारा सञलित सहारा एकेडेमीमा हाल १४ जिल्ला विपन्न तथा कठिन परिस्थितीका २६ जना बालकहरु रहेका छन् । उनीहरुको भरण पोषण सँगै शिक्षा र फुटबल प्रशिक्षण क्लबले गर्दै आएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.