default_image

5 years ago

July 9, 2020

एन्फा क्वारेन्टिनका ३ जनामा कोराना संक्रमण !

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको होस्टलमा राखिएको क्वारेन्टिनका ३ जनालाई कोरोना संक्रमण देखिएको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ३ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

एन्फाले सातदोबाटोस्थित केन्द्रिय कार्यालय परिसरको एकेडेमी, धरान र बुटवलको टेक्निकल सेन्टर तथा रौतहतको निर्माणधिन महिला एकेडेमी पनि क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिँदै आएको छ । सातदोबाटोको एकेडेमी भने एन्फाले ललितपुर महानगरपालिकाका लागि प्रयोग गर्न दिएको थियो ।

एन्फाले त्यसबाहेक दुई वटा एम्बुलेसन पनि ललितपुर महानगरलाई उपलब्ध गराएको छ । एकेडेमीमा भने संक्रमितसँग सम्पर्कमा आएर संक्रमण सम्भावना भएकालाई राखिंदै आएको थियो ।

एन्फाले लकडाउन खुकुलो भएसँगै संघको दैनिक काम पनि सुचारु गरेको छ । यद्यपि एकेडेमीको होस्टेल र केन्द्रिय कार्यालयमा आवतजावत भने लामो समयदेखि बन्द गरिएको छ । एकेडेमी प्रवेशका लागि छुट्टै गेट राखिएको छ । कोरोना संक्रमण देखिएपछि एन्फाको नियमित कार्यालय र राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि असर देखिने सम्भावना छ ।

एन्फाले विश्व कप छनोटको लागि तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारी निकायमा पत्राचार गरिरहँदा एकेडेमीमै संक्रमण देखिएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले सरकार र विश्व स्वास्थ्य संगठनले दिएको मापदण्ड पुरा गरेर मात्र प्रशिक्षण सुरु गरिने भएकाले त्यसमा एन्फा सतर्क रहेको बताएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.