default_image

4 years ago

July 11, 2020

बार्सिलोनालाई रियलसँगको दुरी घटाउने अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडको सामना गर्दैछ । भालाडोलिडको मैदान एस्टाडियो म्युनिसिपल जोसे जोरिल्लामा नेपाली समयानुसार रातको ११:१५ बजे सुरु हुनेछ । बार्सिलोनाले बुधबार भएको खेलमा सहरी प्रतिद्वन्द्वी एस्पान्योललाई १-० ले पराजित गरेको थियो । उक्त खेलमा लुइस सुआरेजले टोलीका लागि विजयी गोल गर्दा युवा फरवार्ड अन्सु  फातीले […]

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडको सामना गर्दैछ । भालाडोलिडको मैदान एस्टाडियो म्युनिसिपल जोसे जोरिल्लामा नेपाली समयानुसार रातको ११:१५ बजे सुरु हुनेछ ।

बार्सिलोनाले बुधबार भएको खेलमा सहरी प्रतिद्वन्द्वी एस्पान्योललाई १-० ले पराजित गरेको थियो । उक्त खेलमा लुइस सुआरेजले टोलीका लागि विजयी गोल गर्दा युवा फरवार्ड अन्सु  फातीले रातो कार्ड खाएका थिए । भालाडोलिडले भने मंगलबारको खेलमा भ्यालेन्सियासँग २-१ को हार बेहोरेको थियो ।

गत सिजन १६ औं स्थानमा रहँदै लिग अन्त्य गरेको भालाडोलिड लिगको ३ खेल बाँकी रहँदा १४ औं स्थानमा छ । तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको भालाडोलिड १२ औं स्थानको लेभानतेभन्दा मात्र ४ अंक पछाडी छ । यसपछि एइबार र रियल बेटिसको सामना गर्ने भएकाले टोलीले राम्रो स्थान हासिल गर्ने अपेक्षा गरिएको छ ।

बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा ४ अंकले पछाडी छ । आजको खेलमा जित हासिल गरे दुई टोलीबीचको दुरी १ अंकमा झर्नेछ । बार्सिलोनाले यसपछि लिगमा ओसासुना र अलाभेसको सामना गर्नेछ । लिग उपाधि होड कायम राख्न बार्सिलोनालाई जितको विकल्प छैन । यदि बार्सिलोनाले आजको खेल हारेर रियलले आफ्नो खेल जितेमा रियलले २ खेल बाँकी रहँदै ला लिगा उपाधि जित्नेछ ।

घरेलु टोली भालाडोलिडका लागि ओस्कार प्लानो टोलीमा फर्कंदा ५ खेलाडी चोटका कारण बाहिर रहेका छन् । जोसे कारो, माइकल जभालोयास, मिगुएल डेला फ्लुएन्टे, मथिअस फर्नान्डेस र पेड्रो पोर्रो टोलीमा रहने छैनन् । फ्रान्सेली विंगर हाटेम बेन आर्फाले पछिल्लो खेलमा प्रभाव जमाउन नसकेपछि यस खेलमा पाब्लो हेर्भिअसले मौका पाउन सक्नेछन् ।

बार्सिलोनाका लागि ओस्मान डेम्बेले चोटका कारण मैदानबाहिर छन् । फाती पनि पछिल्लो खेलमा रातो कार्ड पाएका कारण निलम्बनमा छन् । स्यामुएल उम्टिटी र जुनिअर फिर्पो खेल्नेमा अझैपनि शंका छ । मिडफिल्डर फ्रेंकी डे योङ भने प्रशिक्षणमा फर्केका कारण खेल्ने सम्भावना छ ।

नेल्सन सेमेडो टोलीबाट बहिरिंदा आर्टुरो भिडाल मिडफिल्ड र सर्जी रोबर्टो राइट ब्याकमा खेल्ने सम्भावना छ । आक्रमणमा कप्तान लिओनेल मेस्सीलाई लुइस सुआरेज र एन्टोइन ग्रिजमनले साथ दिनेछन् । बेन्चमा आक्रामक खेलाडीको कमी रहने कारण बार्सिलोनाले आर्थरलाई वैकल्पिक खेलाडीका रुपमा आक्रामक भूमिकामा खेलाउन सक्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.