5 years ago
August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपिएफ) का दुई खेलाडीलाई कारोना संक्रमण भएको छ ।

जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो । ती मध्ये शुक्रबार काठमाडौं फर्केका ८२ सशस्त्रकै दुई क्याम्पमा क्वारेन्टिनमा राखिएको छ । राजधानीमा आएकामध्ये एक खेलाडीलाई कोरोना संक्रमण भएको छ । अर्को खेलाडीलाई भने तराईमै रहँदा कोरोना संक्रमण पुष्टी भएपछि उनी अहिले पनि सोही ठाँउमा रहेको स्रोतले जानकारी दियो ।
काठमाडौं फर्कंदा देखि नै ज्वरो आएका कारण शुक्रबार नै ती खेलाडीको पिसिआर परिक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । अहिले पनि उनी सोही ब्यारेकमा छन् । यद्यपि खेलाडीलाई गरिएको व्यवहार भने सन्तोषजनक नरहेको बुझिएको छ ।
खेलाडीलाई संक्रमण देखिएपछि शुक्रबार फर्केको टोलीलाई आफैं पकाएर खान भनिएको जनाएको छ । ‘विभागकै खेलाडीलाई त यस्तो छि छि गरिन्छ भने समाजमा कोरोना हुनेको हालत के होला ?’ एपिएफनिकट स्रोतले भने, ‘खाना आफैं पकाएर खान भनिएको छ । न खाटको व्यवस्था छ । चिसो भुइंमा सुत्नुपर्ने अवस्था छ । थप बिरामी हुने सम्भावना छ ।’
शुक्रबार फर्केकाहरुको पिसिआर टेष्ट पनि थोरै संख्यामा मात्र हुने गरेको बताइएको छ । आइतबार ८ खेलाडीको मात्र पिसिआर परिक्षण भएको छ । पिसिआर परिक्षण नेगेटिभ आउने खेलाडीलाई भने पठाइने बताइएको उनले बताए ।
एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलार्य सिमा नाका पठाएको थियो । तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।
यसअघि एपीएफकै अर्का खेलाडीमा संक्रमण देखिएको भएपनि उनी गत महिना नै संक्रमण मुक्त भइसकेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]