5 years ago
July 26, 2020
काठमाडौं– हरि खड्का भन्ने बित्तिकै फुटबल स्वतः जोडिएर आउँछ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्का महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पनि हुन् । देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई मध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् ।

दशक भन्दा लामो समययता उनीहरुको कीर्तिमान तोड्ने अर्को खेलाडी निस्केको छैन । फुटबलबाट सुरु हुने खड्काको परिचय अहिले सम्मका लागि त्यसकै वरिपरि छ । फुटबल भन्दा परको अर्को एउटा अवसरलाई चुनौतीका रुपमा स्वकार्दै तयारी गरिरहेको खड्काले हाम्रो खेलकुदलाई सुनाए ।
उनी रियालिटि डान्सिङ सोमा टेलिभिजनमा आउने तयारीमा छन् । केहि साता पछि हिमालयन टेलिभजिनमा सुरु हुने डान्सिङ विद द स्टार्स नेपाल (डिडब्लूटिएस नेपाल) का सहभागीका रुपमा खड्का आउने तयारीमा छन् । त्यसका लागि उनले अभ्यास पनि सुरु गरिसकेका छन् । खड्काको कोरिग्राफरमा युमी बलामी रहेकी छन् ।
बिबिसी इन्टरटेनमेन्टको फ्रेन्चाइज सोका रुपमा हिमालयन टेलिभिजनले कार्यक्रम उत्पादन गर्न लागेको डिडब्लूटिएस नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । अलग अलग क्षेत्रमा आफुलाई प्रमाणित गरिसकेका स्टारहरुलाई समेटेर डान्सिङ स्टार गर्न लागेको जनाउँदै पौडेलले भने, ‘अलग अलग विद्याका १२ जनालाई हामीले प्रतिस्पर्धा समेटेका छौं । जसमा खेलकुदलगायत सामाजिक, मोडलिङ, गायनलगायतको क्षेत्रबाट हुनुहुन्छ ।’

खड्काले पनि अवसरलाई चुनौतीका रुपमा स्वीकार गरेको बताएका छन् । ‘भारतीय फुटबल टोलकिा पूर्व कप्तान भाइचुङ भुटियाले यस्तै डान्सिङ प्रतिस्पर्धामा भाग लिएका थिए,’ खड्काले भने, ‘ उनीबाटै प्रभावित भएर मैले पनि आट गरेको हुँ । एउटा क्षेत्रमा प्रमाणित भएर अर्को क्षेत्रको चुनौती लिन मजा आउँछ भन्ने लागेको छ । म उत्साहित छु । ’
निर्देशक पौडेलका अनुसार कार्यक्रम सुरु हुन महिना दिन जस्तो लाग्नेछ । प्रतिस्पर्धीहरुलाई हरेकलाई कोरियोग्राफर दिएर प्रतिस्पर्धाको लागि पनि तयारी सुरु भइसकेको बताइएको छ । यसअघि पूर्वकप्तान अनिल गुरुङले पनि सहभागिता जनाउने भनिएको यस कार्यक्रममा अन्तिम समयमा व्यस्तताका कारण उनले नाम फिर्ता लिएका थिए ।
दक्षिण एसियाली खेलकुद (साग) मा गत वर्ष स्वर्ण पदक जित्न नसकेपछि नैतिकताका आधारमा भन्दै उनले पदबाट राजीनामा दिएका थिए । खड्का अहिले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागको प्रमुखका रुपमा कार्यरत छन् । नेपाल प्रहरीका पूर्व सइ खड्काले नेपाल पुलिस क्लब र एनआरटीबाट सहिद स्मारक ए डिभिजन लिग जितेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]