5 years ago
August 3, 2020
एजेन्सी – विश्वव्यापी कोरोना महामारी पछि सुरु भएको युरोपको घरेलु लिग सम्पन्न भइसकेको छ । अब यो सिजनको च्याम्पियन्स लिगको खेलमात्रै बाँकी छ । जुन यसै महिना हुनेछ ।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको चार खेलहरु आ–आफ्नो घरेलु मैदानमा आयोजना हुँदैछ । त्यसपछिको सबै खेलहरु पोर्चुगलको लिस्वनमा आयोजना हुँदैछ । प्रि–क्वाटरफाइनलका बाँकी रहेका खेलहरु ७ र ८ अगस्टमा हुनेछ । इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन (०–१), इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस रियल म्याड्रिड (२–१), स्पेनिस बार्सिलोना र इटालियन नेपोली (१–१) र जर्मन ब्यार्न म्युनिख र इंग्लिस चेल्सी (३–०) बीच दोस्रो लेग हुदैछ ।
यि मध्ये इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेललाई सबैभन्दा महत्त्वका साथ हेरिएको छ । सिटी र रियलको खेल इतिहाद स्टेडियममा ७ अगस्टको राति हुनेछ । प्रिमियर लिगको उपाधि लिभरपुललाई सुम्पिएको सिटीले अन्तिम खेलमा नर्विच सिटीमाथि ५–० को फराकिलो जित निकाल्दै रियलविरुद्ध तयार रहेको संकेत दिएको छ ।
यता, कोरोनापछिको ११ खेलमा अपराजित रहेर स्पेनिस ला लिगा च्याम्पियन बनेको रियलले पनि सिटीलाई आफु पुर्ण रुपमा तयार रहेको संकेत दिएको छ । कोरोना अघि औसतको प्रदर्शन गर्दा रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको पहिलो लेगमा सिटीलाई २–१ को नतिजा सुम्पिएको थियो । तर, कोरोनापछि उत्कृष्ट प्रदर्शन गरेको रियल सिटीलाई हराउदै अघिललो चरण प्रवश गर्ने दाउमा हुनेछ ।

सिटी र रियलबीचको खेललाई बेस्ट अट्याक र बेस्ट डिफेन्सको खेल भनेर भन्न थालिएको छ । सिटीले यो सिजन १०२ गोल गर्दै जर्मन क्लब बायर्न म्युनिखको १०० गोलको कीर्तिमानलाई तोडिसकेको छ । यता, उत्कृष्ट डिफेन्सको नमुना पेश गरेको रियलले यो सिजन ला लिगामा ७० गोल गर्दा मात्रै २५ गोल आएको छ । गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट प्रदर्शन गर्दा डिफेन्समा करुप्तान सर्जियो रामोस, मार्सेलो, फर्लान्ड मेन्डी, राफयल भरान र ड्यानी कार्भाजलको उत्कृष्ट समन्वय मिलेको थियो ।
मिडफिल्डमा क्यासमिरो, टोनी क्रुस र लुका मोड्रिच जम्दा फेडरिको भाल्भेर्डेले पनि आफुलाई रियलको पहिलो रोजाईमा पार्न सफल भएका थिउ । स्टार तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो नहुँदा करिम बेन्जेमाले आफुलाई प्रमाणित गर्दै सर्वाधिक गोलकर्ता बने । यति मात्र होइन । यो सिजन रियलका २१ खेलाडीले गोल गर्दै टिम भावना देखाए । रियलका २३ मध्ये दुई खेलाडी इडर मिलिटाओ र ब्राहिम डियाजले मात्रै यो सिजन गोल गर्न सकेनन् ।
बेस्ट अट्याक रहेको सिटीले १०२ गाल गर्दा ३५ गोल खाएको छ । जबकी प्रिमियर लिग च्याम्पियन लिभरपुलले ८५ गोल मात्रै गर्न सफल भएको थियो । रहिम स्ट्रलिङ २० गोल गर्दै सिटीको लागि सर्वाधिक गोलकर्ता बने । रियलका बेन्जेमा बार्सिलोनाका लियोनेल मेस्सीसँग पछि पार्दै पिचिचि ट्रफीबाट चुके ।

सिटीका लागि योसिजन स्ट्रलिङसहित १३ खेलाडीले गोल गरे । सर्जयो अगुइरो (१६), ग्याब्रियल जेसस (१४), केभिन डि ब्रुयनले (१३) र रियाद महारेजले (११) गोल गरे । बर्नाडो सिल्भा, फिल फोडेन, रोड्री हर्नान्डेज, इकेए गुन्डोगान, निकोलस ओटामेन्डी, केल वाल्कर र एमेरिक लापोर्टेले सिटीका लागि गोल गरे ।
रियलका २३ मध्ये दुई खेलाडी इडर मिलिटाओ र ब्राहिम डियाजले मात्रै यो सिजन गोल गर्न सकेनन् । पहिलो लेगमा २–१ ले पछि परेका कारण रियललाई अघिल्लो चरण प्रवेश गर्न जितबाहेक विकल्प छैन । प्रशिक्षक जिनेदिन जिदान बेन्जेमासँगै इडेन हाजार्ड, भिनिसियस जुनियर र मार्काे एसेन्सियोबाट गोलको आशवादी छन् । यता, सिटी पनि रियललाई रोक्दै अघिल्लो चरणमा पुग्ने दाँउमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]