5 years ago
August 5, 2020
एजेन्सी – पेप ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्याटलान क्लबले २ सय ४७ खेल खेल्दा १४ उपाधि जितेको थियो । अहिले रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्वार्डिओलाको भन्दा राम्रो नतिजा दिइरहेका छन् ।

जिदानको सफलताको औसत ग्वार्डिओलाको भन्दा राम्रो छ । जिदानले औसतमा १९ खेलमा एउटा उपाधि जितेका छन् भने ग्वार्डिओलाले त्यति नै सफलताका लागि २२ खेल कुर्नुपरेको छ । अहिले म्यानचेस्टर सिटीका प्रशिक्षक रहेका ग्वार्डिओलाको बार्सिलोनामा रहँदाको औसतलाई मात्र हेर्ने हो भने जिदानको भन्दा राम्रो छ । उनले हरेक १८ खेलमा उपाधि जितेका थिए ।
यी दुई सफल प्रशिक्षकबीच शुक्रबार च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा एकअर्काको सामना गर्दैछन् । पहिलो लेगमा सिटीले रियलको मैदानमा पुगेर २–१ को जित निकालेको थियो ।
दुई आक्रामक प्रशिक्षक
जिदानसँग युरोपका शीर्ष ५ लिगमा खेल्ने टोलीहरु मध्ये उत्कृष्ट रक्षापंक्ति भएको टोली छ । उता ग्वार्डिओलासँग भने बलियो आक्रमण फरवार्ड लाइन छ । यो सिजन सिटीले प्रिमियर लिगमा १ सय २ गोल गरेका थियो । दुवै प्रशिक्षक रक्षात्मक रणनीतिभन्दा आक्रामक फुटबल खेल्न रुचाउँछन् । औसतमा रियलले प्रति खेलमा २.४ र सिटीले भने २.५८ गोल गरिरहेको छ ।

खेल जित्ने प्रतिशतमा पनि स्पेनिस ग्वार्डिओला माथि छन् । ६ सय ३९ खेलमा उनले ७३.८ प्रतिशत खेलमा जित हासिल गरेका छन् । उनले ७४ खेल मात्र हारेका छन् । फ्रान्सेली प्रशिक्षकले ६७.१४ प्रतिशत खेल जितेका छन् । २ सय १० खेलमा उनले २६ खेल मात्र गुमाएका छन् ।
लिगसहित जिदानले ११ उपाधि जितेका छन् । उनको नेतृत्वमा रियलले ९ फाइनल खेल्दा सबैमा उपाधि जितेका छन् । जसमा उनको टोलीले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । तर, ग्वार्डिओलाको त्यस्तै कीर्तिमान भने छैन । उनले बार्सिलोना छाडेयता च्याम्पियन्स लिग जितेका छैनन् ।
घरेलु फुटबलमा भने ग्वार्डिओलाले निकै सफलता हासिल गरेका छन् । त्यसमा पनि लिगमा उनले विशेष सफलता प्राप्त गरेका छन् । उनले त्यसरी ८ उपाधि जितेका छन् । चार वर्ष बार्सिलोनामा रहँदा उनले एक पटक मात्र लिग उपाधिबाट विमुख हुनु परेको थियो । त्यति बेला रियलले लिग जितेको थियो । बायर्न म्युनिखले उनको नेतृत्वमा ३ पटक बुन्डेसलिगा जितेको थियो । त्यस्तै सिटीमा ४ वर्ष बिताउँदा २ पटक प्रिमियर लिग जितेका छन् ।

यी दुई सफल प्रशिक्षकबीचको हेड टु हेडमा ग्वार्डिओला माथि रहेका छन् । अब उनको ध्यान रियल आफ्नो मैदानमा आउँदा अर्को सफलता प्राप्त गर्नु हुनेछ । सिटीको पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्ने सपना यो सिजन पुरा गर्ने सम्भावनालाई कायम राख्न शुक्रबार रियलको चुनौती पार गर्नुपर्ने हुन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]