5 years ago
August 5, 2020
एजेन्सी – विश्व फुटबलको ट्रान्सफर विन्डोमा यसपटक सर्वाधिक चासोको रुपमा हेरिएको इंग्लिस तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका विंगर जेडन सान्चो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन् ।

जर्मनीको स्पोर्ट्स म्यागजिन स्पोर्ट्स विल्डले सान्चो युनाइटेड आउन राजी भएको उल्लेख गरेको छ । सान्चोले सातामा ३ लाख ४० हजार पाउण्ड पाउने गरी ओल्ड ट्राफोर्ड आउन सहमत भएको विल्डले जनाएको छ । विल्डका अनुसार सान्चोले युनाइटेडसँग पाँच वर्षको सम्झौता गर्ने समेत जनाएको छ । २० वर्षे विंगर समर ट्रान्सफरमा सर्वाधिक चर्चामा रहेका खेलाडी हुन् ।
डर्टमुन्डले सान्चोको लागि ११० मिलियन पाउन्डसहित युनाइटेडलाई १० अगस्टसम्म अनुबन्ध गर्न समयसीमा तोकेको छ । २०१७ मा म्यानचेस्टर सिटीबाट डर्टमुन्ड पुगेका सान्चोले बुन्डेसलिगामा यो सिजन सान्चोले ३२ खेलमा १७ गोल गरेका थिए । सिटीबाट सिनियर टोलीमा अवसर नपाउने देखेपछि उनी जर्मनी लागेका थिए ।
डर्टमुन्डले केहि साताअघि मात्र इंग्ल्यान्डबाट नै १७ वर्षीय जुड बेलिन्घमलाई अनुबन्ध गरिसकेको छ । यसबाहेक युवा खेलाडी जिओ रेयना, थोर्गन हाजार्ड, जुलियन ब्रान्ट लगायत खेलाडीको उपस्थिति रहेकाले पनि सान्चोलाई उचित रकम आएमा जान दिने डर्टमुन्डको तयारी थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]