5 years ago
August 5, 2020
एजेन्सी – अतिरिक्त समयमा जोए ब्रायनले दुई गोल गरेपछि फुलहमले च्याम्पियन्ससिपको प्ले अफमा ब्रेन्टफोर्डलाई पराजित गर्दै प्रिमिरय लिगमा बढुवा भएको छ ।

वेम्वली स्ठटेडियममा मंगलबार राति भएको खेलमा फुलहमले ब्रेन्टफोर्डमाथि अतिरिक्त समयमा २–१ ले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो । सबै तीन गोल अतिरिक्त समयमा नै सम्भव भएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुजै टोलीले गोलका केही अवसरहरु खेलर फाल्दा खेल अतिरिक्त समयका लम्बिएको थियो । अतिरिक्त समयको १०५औं मिनेटमा ब्रायनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

११७औं मिनेटमा ब्रायनले एलेक्सन्डर मिट्रोभिकको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि फुलहम जिततर्फ अग्रसर बनेको थियो । अन्तिम समयमा ब्रेन्टफोर्डका हेनरिक डाल्सगार्डले गोल गरेपनि हार टान सकेन ।
फुलहम रेलिगेसनमा परेको एक सिजन पछि नै प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । फुलहम २०१८–१९ को सिजनमा दोस्रो डिभिजनमा घटुवा भएको थियो । फुलहम २०१४ देखि २०१८ सम्म च्याम्पियन सिपमा रहेको थियो ।
२०१८ मा सिधै प्रिमियर लिगमा बढुवा हुने मौका गुमाएको फुलहमले इएफएल च्याम्पियनसिप प्ले अफ फाइनलमा एस्टन भिल्लालाई पराजित गर्दै प्रिमियर लिगमा बढुवा भएको थियो ।
च्याम्पियससिपबाट यो सिजन लिड्स र बेस्ट ब्रुम अल्वियोन सिधै छनोट हुदा एक स्थानको लागि चार टोली (ब्रेन्टफोर्ड, फुलहम, कार्डिफ सिटी र स्वान्सी सिटी) बीच प्ले अफमा प्रतिस्पर्धा भएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]