5 years ago
August 5, 2020
एजेन्सी – स्पेनिस क्लब भ्यालेन्सियाका विंगर फेरान टोरेस इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएको छ । सिटीले २० वर्षीय विंगरलाई ३७ मिलियन पाउन्डमा पाँच वर्षको लागि अनुबन्धित गरेको हो ।

जर्मन विंगर लेरोय साने बायर्न म्युनिख गएपछि सिटीले उनको स्थानमा सिटीले २० वर्षीय टोरेसलाई अनुबन्धित गरेको हो । टोरेसले यो सिजन भ्यालेन्सियाका लागि ४४ खेलमा ६ गोल गरेका थिए । सिटीमा अनुबन्ध भएपछि टोरेसले सिटीको आधिकारिक वेबसाइटमा आफु सिटीमा जोडिन पाउदा खुशी रहेको र हरेक खेलाडी अट्याकिङ टिममा खेल्न चाहने र सिटी विश्व फुटबलमा अट्याकिङ फुटबल खेल्ने टोली रहेको बताएका छन् ।
‘पेप वास्तवमै खुल्ला आक्रमक शैलीलाई प्रोत्साहत गर्दछन् । जुन म मन पराउँछु। उनी खेलाडीमा सुधार ल्याउने प्रशिक्षक हुन् । उनलाई मेरो खेलको विकास गर्नु छ । विगत १० वर्षमा सिटीले धेरै ट्रफीहरु जितेको छ । मलाई आशा छ कि मैले पनि त्यो सफलतालाई जारी राख्न भुमिका खेल्न सक्छु,’ टोरेसले सिटीको आधिकारिक वेबसाइटमा भनेका छन् ।

टोरेसलाई अनुबन्ध गर्न युरोपका उत्कृष्ट टोली रियल म्याड्रिड, बोरुसिया डर्टमुन्ड, एट्लेटिको म्याड्रिड र युभेन्टसले चासो देखाएका थिए । तर, युवा विंगर टोरेसले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र पेप ग्वार्डिओलाले यो सिजनको समरमा पहिलो खेलाडी अनुबन्ध गर्न सफल भयो । प्रशिक्षक ग्वार्डिओलाले टिममा थप चार भन्दा खेलाडी अनुबन्ध गर्ने योजना बनाएका छन् ।
टोरेस ७ वर्षको उमेरमा भ्यालेन्सियामा आबद्ध भएका थिए । उनी भ्यालेन्सियाका समर्थकमाझ निकै लोकप्रिय बनेका थिए । भ्यालेन्सियाले १३ वर्ष क्लबमा रहेका टोरेसलाई भावुक बिदाई गरेको सन्देश पठाएको छ ।
भ्यालेन्सियाले ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘हाम्रो एकेडेमीमा ७ वर्षको उमेर आएर टोरेसले एक फुटबलरको रुपमा र एक व्यक्तिको रुपमा अघि बढेको देख्दा हामी यो सबै समयमा सँगै रह्यौं । अहिले क्लब छाड्ने निर्णय गर्दै म्यानचेस्टर सिटी पुगेकोमा शुभकामना दिन चाहन्छौं ।’ समग्रमा टोरेसले भ्यालेन्सियाको पहिलो टोलीबाट ९७ खेल खेल्दै ९ गोल गरेका छन् ।

टोरेसलाई नुबन्ध गरेपछि सिटीका निर्देशक सिकी बेगिरिस्टेनले फेरानको प्रगतिलाई नजिकबाट नियालिरहेको र उनीबाट धेरै प्रभावित भएको बताएका छन् । ‘टोरेस युवा छन् र अझै विकास भइरहेको छ । उनको प्राविधिक गुण हामीले खोजेको विंगरमा जस्तै छ । उनी छिटो र छरितो छन्,’ निर्देशक टिक्सिकी बेगिरिस्टेनले भने, ‘उनी गोलको लागि अवसर सिर्जना गर्न माहिर छन् । खेल जिताउन सक्ने क्षमता छ । मलाई लाग्छ कि उनको लागि सिटी उपयुक्त ठाँउ हो । पेपको साथमा उनले आफ्नो खेललाई अर्काे चरणमा लैजान सक्छन् ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]