default_image

5 years ago

August 5, 2020

म्यानचेस्टर युनाइटेड र लास्क भिड्दै

145 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीपछि युरोपियन फुटबल पुनरागमन भएसँगै बुधबार राति इंग्लिस क्लब म्यानचेस्ट युनाइटेडले घरेलु मैदानमा अष्ट्रियन क्लब लास्कको आतिथ्यता गर्दैछ ।

युरोपको चर्चित घरेलु लिग समापन भएसँगै युरोपको क्लब फुटबल झन्डै पाँच महिनापछि फर्किएको हो । युरोपा लिगको प्रि–क्वाटर फाइनको दोस्रो लेगक बाँकी रहेका चार खेलहरु आज राति तथा चार खेलहरु भोलि राति हुदैछ ।  युनाइटेडको खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

घरेलु टोली युनाइटेड पहिलो लेगमा पाएको ५–० को सानदार जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । पलिहो लेगमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरेका थिए । युनाइटेडलाई बराबरी नै क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त हुनेछ । युनाइटेड लास्कसँग ४–० ले पराजित भएपनि अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड, मार्कुस रासफोर्ड, एन्थोनी मार्सियल, पल पोग्वा लगायतको खेलाडीको साथ रहनेछ । तर, युनाएटेडले लास्कविरुद्ध दोस्रो रोजाईको टोली उतार्न सक्नेछ । यता, लास्क पनि युनाइटेडमाथि स्तब्ध पुर्ण नतिजा निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाँउमा हुनेछ । लास्कलाई अर्काे चरणमा प्रवेश गर्न कम्तीमा पनि ६–० को जित आवश्यक छ । जुन बलियो युनाइटेडविरुद्ध असम्भव जस्तै छ ।

अन्य खेल

एफसी कोभेनहवनविरुद्ध इस्तानबुल बसाकसेहिर (राति १०ः४० बजे)

साख्तर डोनेक्सविरुद्ध वल्फ्सवर्ग (राति १०ः४० बजे)

इन्टर मिलानविरुद्ध गेटाफे (राति १२ः४५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.