5 years ago
August 5, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युरोपा लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब गेटाफेको आतिथ्यता गर्देछ । खेल नेपाली समयअनुसार भेल्टिन्स एरिनामा राति १२ः४५ बजेपछि सुरु हुनेछ ।

झन्डै पाँच महिनापछि युरोपा लिग आज रातिबाट शुरु हुदैछ । कोरोनाका कारण मार्च १३ यता युरोपा लिग हुन सकेको थिएन । युरोपा लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगका बाँकी रहेका चार खेलहरु आज राति तथा चार खेलहरु भोलि राति हुदैछ ।
पहिलो लेग गोलरहित बराबरीमा सकिएका कारण दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । त्यसैले दुवै टोली जित निकाल्दै अन्तिम आठमा पुग्ने दाँउमा हुनेछ । इन्टरका लागि क्रिस्टियन इरिकसन, लोउटारो मार्टिनेज, रोमेलु लुकाकु, एस्ले योङ र एन्टेनियो क्यानड्रेभा जस्ता खेलाडीहरुको साथ रहेको छ । इन्टरले सिरी ‘ए’ मा यो सिजन दोस्रो स्थानमा लिग अन्त्य गरेको थियो ।
यता, गेटाफे पनि इन्टरलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने दाँउमा हुनेछ । गेटाफेले यो सिजन स्पनि ला लिगामा आठौ स्थानमा लिग अन्त्य गरेको थियो ।
अन्य खेल
एफसी कोभेनहवनविरुद्ध इस्तानबुल बसाकसेहिर (राति १०ः४० बजे)
साख्तर डोनेक्सविरुद्ध वल्फ्सवर्ग (राति १०ः४० बजे)
म्यानचेस्टर युनाइटेडविरुद्ध लास्क (राति १२ः४५ बजे)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]