5 years ago
August 6, 2020
एजेन्सी – अष्ट्रियन क्लब लास्कलाई दोस्रो लेगमा पनि पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा युनाइटेडले लास्कमाथि २–१ को पूनरागमन जित निकाल्दै समग्रमा ७–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा पाहुना टोली लास्कले खेलको १०औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । पहिलो हाफमा यसनाइटेडले बल पोजेसन राखेपनि गोलको उल्लेख्य आक्रमण बुन्न सकेको थिए ।
५५औं मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए । पिटर मिचरलको कर्नरमा फिलिपले गोल गरेका थिए । तर, लास्कको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई खेलमा १–१ गोलको अवस्थामा ल्याए । हुवान माटाको पासमा लिंगाडले काउन्टर अट्याकमा गोलरक्षक एलेक्ससन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
बराबरीपछि लास्कले थप सुधारिएको खेल पस्केपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न सकेन । ८८औं मिनेटमा माटाकै पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी भयो ।
अब युनाइटेडले क्वाटरफाइनलमा डेनमार्कको क्लब एफसी कोपेनहेगनको सामना गर्नेछ । कोपेनहेगनले बुधबार रासत नै भएको खेलमा टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । कोपेनहेगनको जितमा जोनास वाइन्डले दुई तथा रासमस फल्कले एक गोल गरे । क्वाटरफाइनल १० अगस्टमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]