5 years ago
August 6, 2020
एजेन्सी – बेल्जियन फरवार्ड रोेमेलु लुकाकु र डेनिस फरवार्ड क्रिस्टियन इरिक्सनको गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीमा बुधबार राति भएको दोस्रो लेगको खेलमा इन्टरले गेटाफेलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । भिल्टेन्स एरिना गेल्सेनकिर्चेनमा भएको खेलको ३३औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । उनले एलेसान्द्रो बास्टोनीको लामो पासलाई नियन्त्रणमा लिदै सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा थप एक गोल गर्दै जित पक्का गर्यो ।

५१औं मिनेटमा निकोलो बरेल्लाको प्रयास डिफ्लेक्ट हुदै बाहिरिएपनि लगत्तै ड्यानियल डि एम्ब्रुसोको प्रहारलाई गेटाफेका गोलरक्षक डेभिड सोरियाले बचाए । ६७औं मिनेटमा एलान नियोमको क्रसमा जेमी माटाको हेडरलाई इन्टर मिलानका गोलरक्षक समिर हान्डानोभिकले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे ।
७४औं मिनेटमा गेटाफेले पेनाल्टीमार्फत खेललाई बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गेटाफे बराबरीबाट चुक्यो । डिएगो गोडिनले ह्यान्ड तथा जर्ज मोनिलालाई पुस गरेपछि भिएआरको सहायता लिदै गेटाफेलाई पेनाल्टी प्रदान गरेको थियो । तर, इन्टरका गोलरक्षक समिरले गलत जज गरेपछि मोनिलाको पेनाल्टीको बाहिरिएको थियो ।
८०औं मिनेटमा लुकाकुले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । ८३औं मिनेटमा गेटाफेका खेलाडीको कमजोर क्लियरेन्सको फाइदा उठाउदै क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनायो । इन्ज्युरी समयमा एलेक्सिस सान्चेजले सुनौलो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा इन्टर फराकिलो अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो । अब इन्टरले क्वाटरफाइनलमा रेन्जर्स र बायर लिभरकुसनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेक्सले जर्मन क्लब वल्फ्सवर्गमाथि ३–० को रोमाञ्चक जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको छ । साख्तरले समग्रमा ५–१ को जित निकालेको हो । सबै तीन गोल अन्तिम समयमा भएको थियो । इन्ज्युरी समयमा जुनियर मोराइसले दुई तथा मानोर सोलोमोनले गोल गर्दै साख्तरलाई नाटकीय र रोमाञ्चक जित दिलाएका थिए ।

जुनियरले ८९औं र इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा मानोरले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गरेका थिए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । ६८औं मिनेटमा साख्तरका डाभिड खोचोलाभा सिधै रातो कार्ड तथा ७०औं मिनेटमा वल्फ्सवर्गका जोन एन्थोनी ब्रुक्स दोहोरो पहेलोको कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
अब साख्तरले क्वाटरफाइनलमा आइनट्राख्ट फ्रान्कफर्ट वा एफसी बसेलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]