5 years ago
August 6, 2020
एजेन्सी – चिली तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेज स्थायी रुपमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टरले लोनमा खेलिरहेका फरवार्ड सान्चेजलाई फ्रि ट्रान्सफरमा तीन वर्षको लागि अनुबन्ध गरेको हो ।

म्यानचेस्टर युनाइटेडका फ्लप सान्चेजले २०१९–२० को सिजन इन्टरबाट लोनमा खेलेका थिए । त्यसअघि स्पेनिस क्लब बार्सिलोनाका पुर्व खेलाडी सान्चेज २०१८ मा आर्सनलबाट युनाइटेड पुगेका थिए ।
सान्चेजको विषयमा दुई क्लब म्यानचेस्टर युनाइटेड र इन्टर मिलानबीच सहमति भइसकेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ । रिपोर्टअनुसार सान्चेजले इन्टमार तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्ने र पारिश्रमिक कटौती गर्ने तयारी गरेका छन् । यसपछि सान्चेजले प्रतिसाता १ लाख ३० हजार पाउन्ड कमाउनेछन् ।

इन्टर मिलानका सिइओ बेप्पे मारोट्टाले स्काई इटालियासँगको कुराकानीमा सान्चेजलाई युनाइटेडबाट स्थायी रुपमा अनुबन्ध गर्ने पक्का भएको र यो बिहीबारै सार्वजनिक गरिने बताएको छ ।

बार्सिलोनाका पुर्व खेलाडी सान्चेजले गत समरमा इन्टर मिलान जानुअघि युनाइटेडबाट ४५ खेल खेल्दा मात्रै ५ गोल गर्न सफल भएका थिए । ३१ वर्षे सान्चेजले इन्टरका लागि ३० खेलमा ४ गोल गरेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]