5 years ago
August 6, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलको लागि ग्यारेथ बेल र हामेस रोड्रिग्वेजलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।

सिटीविरुद्धको दोस्रो लेगको खेलमा बेल २४ सदस्यीय टोलीमै नपरेपछि जिदान र बेलबीचको पछिल्लो सम्बन्ध सुधार नभएको थप पुष्टि भएको छ । रियलले शुक्रबार राति सिटीको मैदानमा खेल्दैछ । रियल पहिलो लेगमा घरेलु मैदानमा २–१ ले पराजित भएको थियो ।
बेलले २४ जुनमा रियल मालोर्काविरुद्धको खेलमा खेलेयता टिममा रहेपनि खेल्ने अवसर पाएका छैनन् । जिदानको २४ सदस्यीय टोलीमा प्रतिबन्धित कप्तान सर्जियो रामोस र चोटसँग संघर्ष गरिरहेको फरवार्ड इडेन हाजार्डलाई पनि समावेश गरेको छ । रामोसले सिटीविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । टोलीमा रहेपनि रामोसले खेल्न पाउने छैनन् ।
रियलको टोली :
गोलरक्षकः थिवाउट कोर्टुवा, अलफोन्से एरेओला र डिएगो एलटुवि
डिफेन्डरः ड्यानी कार्भाजल, इडर मिलटाओ, सर्जियो रामोस, राफयल भरान, नाचो, मार्सेलो, फर्लान्ड मेन्डी र जाभी हर्नान्डेज
मिडफिल्डरः टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडरिको भाल्भर्डे र इस्को
फरवार्डः इडेन हाजार्ड, करिम बेन्जेमा, लुकास भास्क्वेज, लुका जोभिक, मार्काे एसेन्सियो, ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]