default_image

5 years ago

August 6, 2020

रियलका जापानी मिडफिल्डर कुवोले भिल्लारियलबाट खेल्ने

182 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडका जापानी युवा स्टार ताकेफुसा कुवोले अर्काे सिजन स्पेनिस क्लब भिल्लारियलबाट खेल्ने भाका छन् । उनी एक सिजनका लागि लोनमा अनबुन्धित भएका हुन् ।

अघिल्लो समरमा रियलले बार्सिलोनाको एकडेमी ला मासियाबाट  खेलिसकेका कुवोलाई अनुबन्ध गरेको थियो । रियलको पहिलो टिममा पर्ने पक्का नभएपछि रियलले कुवोलाई लोनमा रियल मालोर्का पठाएको थियो । कुवोको थप क्षमता विकासको लागि रियलले कुवोलाई लोनमा खेलाइरहेको छ । कुवोले मालोर्कामा उच्च प्रदर्शन गर्दै आफ्नो छाप छोड्न सफल भएपनि मालोर्का शीर्ष डिभिजनमा रहन सकेन ।

कुवोलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिख, स्पेनिस क्लब ओसासुना, सेलटा डि भिगो र ग्रानडाले चासो देखाएपनि आकर्षक प्रस्ताव ल्याएपछि रियलले कुवोलाई भिल्लारियल पठाउन सहमत भएको हो । सम्झौताअनुसार भिल्लारियलले कुवोका लागि ३ मिलियन पाउन्ड खर्चिएको छ । यस विषयमा दुवै क्लबले केही दिनमै सार्वजनिक गर्ने बताएका छन् । रियलले अर्काे सिजनबाट मात्रै कुवोलाई शीर्ष टोलीमा राख्न सक्नेछ ।

अब कुवोले भिल्लारियलका नयाँ प्रशिक्षक युनाई इम्रीको प्रशिक्षणमा खेल्नेछन् । इम्रीलाई भिल्लारियलले दुई साताअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । भिल्लारियल युरोपा लिगमा छनोट भएकाले पनि कुवोले आफ्नो प्रतिभा थप निखार्ने अवसर पाउनेछन् । रियलले आफ्नो सिनियर टोलीमा आउनुपूर्व नै कुवोलाई युरोपेली अनुभव दिन चाहन्छ ।

रियलले यसै सिजन कुवोलाई शीर्ष टोलीमा राख्ने चाहना रहेपनि युरोपबाहिरको खेलाडीमा कोटा पुगेका कारण कुवोलाई थप एक सिजन लोनमा पठाउन बाध्य भएको हो । स्पेनिस ला लिगामा युरोप बाहिरबाट तीन खेलाडी मात्रै राख्न पाउने प्रावधान छ ।

हाल रियलमा युरोप बाहिरको भिनिसियस जुनियर, रोड्रिगो र इडर मिलिटाओ रहेका छन् । अर्काे सिजन भिनिसियसले स्पेनिस पासपोर्ट लिएपछि कुवोले रियलको टोलीमा अवसर पाउनेछन् । भिनिसियस हाल स्पेनी पासपोर्ट लिन योग्य भएपनि कोरोनाका कारण उनको कागजी प्रक्रियामा ढिलाई हुन पुगेको हो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.