default_image

5 years ago

August 6, 2020

मेस्सीले ४ वर्षभित्र बार्सिलोनाबाटै सन्न्यास लिने दावी

213 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अबको ४ वर्षभित्र बार्सिलोनाबाट नै सन्न्यास लिने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् ।

पछिल्लो समय क्लबसँग सम्झौता नवीकरणको विषयमा भएको छलफल सफल हुन नसकेपनि अध्यक्ष बार्टोमेउले मेस्सी क्लबमै रहनेमा आफू ढुक्क रहेको बताए । हालसम्म ६ पटक ब्यालोन डी’ओर जितिसकेका अर्जेन्टिनी फरवार्ड मेस्सीको सम्झौता सन् २०२०-२१ सिजनको अन्त्यसँगै समाप्त हुनेछ । तर बार्टोमेउले गत महिना मेस्सीले क्लबमा नयाँ सम्झौता गर्नेमा विश्वस्त रहेको बताए ।

३३ वर्षीय मेस्सी आफ्नो पूर्व क्लब नेवेल्स ओल्ड ब्वाइज फर्कने चर्चा पनि चलेको थियो । तर बार्टोमेउ भने मेस्सीले बार्सिलोनाबाट नै सन्न्यास लिने दावी गर्छन् । क्लब इतिहासका सर्वाधिक गोलकर्ता मेस्सी सन् २०२३ सम्म बार्सिलोनामै रहेर सन्न्यास लिने सम्भावना छ ।

‘ मैले मात्र भनिरहेको छैन । मेस्सी आफैं पनि यहि भन्छन् की उनी बार्सिलोनामै रहेर सन्न्यास लिन चाहन्छन् । र मेस्सीलाई सन्न्यास लिन उत्तम क्लब भनेको बार्सिलोना मात्र हो,’ बार्टोमेउले बिइन स्पोर्ट्ससँग भने ।

‘मलाई कुनै शंका छैन की मेस्सीले ३-४ वर्षभित्र सन्न्यास लिँदा उनी बार्सिलोनाबाट नै बिदा लिनेछन्,’ उनले भने, ‘मेस्सी यसमा प्रष्ट छन् । उनी बच्चा हुँदादेखि नै यहाँ छन् । उनलाई क्लबको महत्त्व थाहा छ र उनी क्लब इतिहासको अभिन्न पाटो बनेका छन् ।’

‘उनी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन् । वर्तमान अवस्था मात्र नभएर फुटबल इतिहासकै महान । उनी बार्सिलोनामा छन् र उनले यो प्रष्ट पारेका छन् की उनी यहीं रहनेछन् ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.