default_image

5 years ago

August 11, 2020

लिभरकुसनलाई हराउँदै इन्टर सेमिफाइनलमा

157 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनमाथि जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा सोमबार राति भएको खेलमा इन्टरले लिभरकुसनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

सबै तीन गोल पहिलो हाफको २५ मिनेटभित्र १० मिनेटको अन्तरमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको १५औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टर मिलानले खेलमा अग्रता बनाएको थियो । रोमेलु लुकाकुको प्रहारलाई डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा बरेल्लाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

२१औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे । एस्ले योङको पासमा पेनाल्टी बक्सभित्रबाट इडमुन्ड टपसोवासँगको रस्साकस्सीपछि लड्दै गरेको फितलो प्रहारले जाली चुमेको थियो । त्यसको दुई मिनेटपछि नै ब्रोजोभिकको पासमा काउन्टर अट्याकमा रामेलु लुकाकुले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारलाई लिभरकुसनका गोलरक्षक लुकास ह्राडेच्कीले बचाए ।

२५औं मिनेटमा केभिन भोलान्डको पासमा आउदो समरमा इंग्लिस क्लब चेल्सी जाने तयारीमा रहेको कप्तान काई हाभर्टजले गोल गर्दै लिभरकुसनलाई खेलका फर्काउने संकेत दिएका थिए । २८औं मिनेटमा इन्टर मिलानले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

दोस्रो हाफमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा इन्टर मिलान २–१ ले विजयी हुन सफल भयो । इन्ज्युरी समयमा इन्टरले अर्काे पेनाल्टीको अपिल गरेपनि भिएआरबाट पुन मान्यता पाएन ।

अब इन्टरले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेक्स र स्वीस क्लब एफसी बसेलबीचको विजेतासँग खेल्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.