default_image

5 years ago

August 11, 2020

जिदानको शिकार बनेका ठूला खेलाडी

181 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षण सम्हालेपछि रियल म्याड्रिडले सफलता हासिल गर्दै आएको छ । पहिलो कार्यकालमा च्याम्पियन्स लिगमा दबदबा कायम गरेका जिदानले दोस्रो कार्यकालमा लिग उपाधिको खड्को पनि तोडे ।

यसक्रममा जिदानको प्रशिक्षण शैली र व्यवहारका कारण केहि खेलाडीको भने दुर्गति नै भएको छ । पछिल्लो समय रियल म्याड्रिडमा ग्यारेथ बेल र हामेस रोड्रीग्वेजको स्थितिलाई लिएर निकै चर्चा चलेको छ । रियलले मोटो रकम खर्चेर क्लबमा अनुबन्ध गरेको दुई खेलाडी हाल टोलीमा छैनन् । यस सिजन बिरलै अवसर पाएका दुवै खेलाडीलाई रियलले अन्यत्र क्लबमा बेचेको पनि छैन ।

क्लबमै रहनु र खेल्ने अवसर नपाउनुले खेलाडीको मनोबलमा निकै असर परेको छ । सिजनको अन्त्यसँगै दुवै खेलाडीले क्लब छाड्ने सम्भावना छ । तर बेल र हामेसको लागि अन्य क्लबले ठूलो तलब दिनुपर्ने हुनाले ट्रान्सफर सहज हुने छैन । त्यसमाथि रियलले माग गर्ने ट्रान्सफर रकम त बाँकी नै छ ।

जिदानको पहिलो कार्यकालमा नायक बनेका गोलरक्षक केलर नाभासले दोस्रो कार्यकालमा भने कठिन समयको सामना गर्नुपर्यो । क्लबले पहिलो कार्यकालमा डेविड डे हेया अनुबन्ध गर्न खोज्दा जिदानले नाभासनै आफ्नो रोजाईमा रहने बताएपछि ट्रान्सफर भएको थिएन । दोस्रो कार्यकालमा भने थिबाउट कोर्टुवा आएपछि जिदानले नाभासलाई पीएसजी जानुपर्ने बाध्यता बनाए ।

यसबाहेक जिदानले क्लबको एकेडेमीमा हुर्केका समेत अक्रफ हाकिमी, अल्भारो मोराटा, ड्यानी सेबालोस, माटियो कोभाचिच र मार्कोस लोरेन्टेलाई समेत अवसर दिएनन् । सबै खेलाडीले रियलको युवा टोलीमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा समेत सम्भावना देखाएका थिए । तर जिदानले हरुलाई पर्याप्त मौका नदिई ट्रान्सफर बजारमा खेलाडी खरिद गरे ।

जिदानको रोजाईमा नपरेका यी खेलाडी हाल अन्यत्र क्लबमा भने राम्रो प्रदर्शन गरिरहेका छन् । लोरेन्टे र मोराटा छिमेकि क्लब एटलेटिकोमा खेलिरहेका छन् । कोभाचिचले चेल्सीको मिडफिल्ड सम्हाल्दा सेबालोस आर्सनलमा जमेका छन् । हाकिमी पनि यसै सिजन डर्टमुन्ड छोडेर इन्टर मिलान पुगेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.