5 years ago
August 11, 2020
एजेन्सी – इंग्लिस युवा स्टार फरवार्ड जाडो सान्चो जर्मन क्लब बोरुसिया डर्टमुन्डमै रहने भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको उच्च प्राथमिकता रहेपनि सान्चो डर्टमुन्डमै रहने क्लबले जनाएको छ ।

सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडसहित युरोपका ठुला क्लबले चासो देखाइरहेका थिए । क्लबका अध्यक्ष माइकल जोर्कले सान्चो डर्टमुन्डमै रहने निश्चित भएको बताएका छन् । क्लबले सान्चो अनुबन्धनका लागि सहमतिमा आउन अन्य क्लबलाई १० अगष्ट सम्मको समय निर्धारण गरेको थियो । डर्टमुन्डले निर्धारण गरेको समय रेखा पार भएसंँगै स्पोर्टिङ डाईरेक्टरको यो भनाई बाहिर आएको हो ।
‘सान्चो म्यानचेस्टर युनाइटेडको उच्च प्राथमिकतामा रहँदै आएका थिए । अब उनलाई अनुबन्ध गर्न औपचारिक सहमति हुन नसकेपछि यस सिजन सान्चोलाई हामीले क्लबको योजनामा राखेका छौ । यही नै अन्तिम निर्णय हो । सबै प्रश्नको उत्तर यही हो,’ जोर्कले भने । डर्टमुन्डले नयाँ सिजनको लागि २० वर्षीय फरवार्डलाई टोलीमा राख्दै सोमबारै स्वीट्जरल्यान्डमा प्रशिक्षण क्याम्प सुरु गरिसकेको छ । त्यहाँ डर्टमुन्डले दुई अभ्यास खेल खेल्दैछ ।
‘पछिल्लो समय उनको प्रदर्शनमा आएको सुधारसँगै हामीले उनको पारिश्रमिक समायोजन गरेका थियौं । सोही कारण उनले २०२३ सम्म आफ्नो अनुबन्धनको समय बढाएका थिए,’ जोर्कले भने ।
डर्टमुन्डले सान्चोका लागि कम्तिमा १ सय मिलियन पाउण्डको अपेक्षा गरेको थियो । सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट १० मिलियन पाउण्डमा डर्टमुन्ड पुगेका थिए । सान्चोले डर्टमुन्डका लागि अघिल्लो सिजन जर्मन बुन्डेसलिगामा १७ गोल र १७ असिस्ट दिएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]