5 years ago
August 11, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियरले इटालियन क्लब एटलान्टाको सबै खेलाडीको कुल तलबभन्दा बढी तलब बुझ्ने गर्दछन् ।

यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणमा पीएसजीले एटलान्टाको सामना गर्दैछ । एकातिर मोटो रकम बुझ्दै विश्व फुटबलमा चर्चा कमाएको स्टारहरुको जमात छ भने अर्को तर्फ इटालियन लिग र च्याम्पियन्स लिगमा यस सिजन आक्रामक फुटबल खेल्दै प्रभाव जमाएको एटलान्टा । दुवै टोली पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछन् ।
पीएसजीले पछिल्लो केहि वर्षयता मोटो रकम खर्चेर स्टार खेलाडीको जमात जम्मा गरेपनि क्वाटरफाइनल चरण पार गर्न सकेको छैन । एटलान्टा भने पहिलो सहभागितामै क्वाटरफाइनल पुगेकाले यसलाई अझ टाढा पुर्याउन तत्पर छ । स्टार खेलाडी नभएपनि प्रदर्शनमा एकरुपता देखाइरहेको एटलान्टा पीएसजीको लागि खतरनाक हुनसक्छ ।
पीएसजीका ब्राजिलियन फरवार्ड नेयमारले वार्षिक ३६ मिलियन युरो आर्जन गर्ने गर्दछन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा अनुबन्ध गर्दा उनले गरेको सम्झौता प्रदर्शन अनुसार परिमार्जित हुँदै आएको छ । यता एटलान्टामा भने सर्वाधिक कमाउने खेलाडीको रुपमा कप्तान आलेजान्द्रो गोमेज, दुभान जपाटा र लुइस मुरिएलले वार्षिक १.२ मिलियन युरो मात्र बुझ्ने गर्दछन् ।

एटलान्टाले वार्षिक रुपमा खेलाडीको तलबमा ३३ देखि ३६ मिलियन युरो मात्र खर्चने गरेको छ । यो रकम नेयमारको बोनससहित तलबभन्दा कम हो । पीएसजीमा नै फरवार्ड किलियन एमबाप्पेले वार्षिक १६ मिलियन युरो तथा थियागो सिल्भाले ११ मिलियन युरो आर्जन गर्दछन् ।
पीएसजीका नेयमार, एमबाप्पे र माउरो इकार्डीको तलब मात्र वार्षिक ५५ मिलियन युरो पुग्न आउँछ । यता एटलान्टाका शीर्ष तीन फरवार्डको तलब भने ४ मिलियन युरोको हाराहारी हुन आउँछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]