5 years ago
August 12, 2020
एजेन्सी – इंग्लिस क्लब वल्भ्सलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले यूईएफए युरोपा लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ । सेभिल्लाले १-० को जित दर्ता गर्दै सातौं पटक युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको हो ।

पाँच पटकको युरोपा लिग विजेता सेभिल्लाको जितमा ८८ औं मिनेटमा अर्जेन्टिनी विंगर लुकास ओकाम्पसले गरेको गोल नै निर्णायक सावित भयो । एभर बनेगाको क्रसमा ओकाम्पसले हेडरमार्फत गोल गरेका थिए । खेल अतिरिक समयतर्फ उन्मुख हुँदा वल्भ्सले डिफेन्समा गल्ति गर्दा प्रतियोगिताबाट नै बाहिरिनु पर्यो ।
त्यसअघि खेलको १३ औं मिनेटमा वल्भ्सले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । अडामा ट्राओरेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि वल्भ्सले पेनाल्टी पाएको थियो । तर फरवार्ड राउल जिमिनेजको प्रहार गोलरक्षक यासिन बौनोउले रोकिदिए । रिबाउन्डमा आएको बललाई डिएगो कार्लोसले क्लियर गर्दै खतरा टारेका थिए ।
सेभिल्लाले अब फाइनल प्रवेशका निम्ति म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले सोमबार राति कोपनहेगनमाथि १-० को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]