5 years ago
August 12, 2020
एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीस क्लब एफसी बसेलमाथि ४–१ को सहज जित निकाल्दै साख्तरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जर्मनीमा मंगलबार राति भएको खेलमा साख्तरको फराकिलो जितमा जुनियर मोराइस, टाइसन, एलन प्याट्रिक र डुडुले गोल गरे । बसेलका रिक्की भान वल्सविन्केलले सान्त्वना गोल फर्काए । एकपक्षीय बनेको खेलको दोस्रो मिनेटमा नै जुनियरको गोलबाट साख्तरले खेलमा १–० को अग्रता बनाएको थियो । मार्लाेसको पासमा जुनियरले हेडमार्फत गोल गर्न सफल भएका थिए ।
२२औं मिनेटमा टाइसनले मार्लाेसकै पासमा गोल गर्दै साख्तरको अग्रता दोब्बर बनायो । टाइसनको प्रहार गोलरक्षक निकोलिकलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको साख्तरले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल बेहोर्न पुगेको थियो ।

६२औं मिनेटमा बसेलले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । डुडुले एफिमिको पुलुलुलाई फल गरेको भन्दै बसेलले पेनाल्टी अपिल गरेको थियो । ७४औं मिनेटमा एलान प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै साख्तरलाई सहज जिततर्फ अघि बढाए । बसेलका मर्चन्डले टाइसनलाई फल गरेपछि रेफ्रीले साख्तरलाई पेनाल्टी प्रदान गरेको थियो ।
८८औं मिनेटमा डुडुले गोल गर्दै साख्तरको फराकिलो जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रिक्की भानले गोल गर्दै बसेलाई खेलमा फर्काउने संकेत दिएपनि खेलमा फर्कन निकै ढिला भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा साख्तर ४–१ ले विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।
अब साख्तरले फाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले जर्मन क्लब बायर लिभरकुसनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]