5 years ago
August 12, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरले प्रिमियर लिगकै साउथह्याम्पटनबाट डेनिस मिडफिल्डर पिएर एमिल होएबिएरलाई अनुबन्ध गरेको छ ।

साउथह्याम्पटनसँग सम्झौताको अन्तिम वर्षमा रहेका २५ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न टोटेनहमले १५ मिलियन पाउण्ड खर्चेको छ । बायर्न म्युनिखको एकेडेमीमा हुर्केर त्यहीं सिनियर फुटबलमा डेब्यु गरेका होएबिएर सन् २०१६ मा १२.८ मिलियन पाउण्डमा इंग्ल्यान्ड आएका थिए ।
होएबिएरले पछिल्लो सिजन साउथह्याम्पटनको कप्तानी समेत सम्हालेका थिए । तर सिजनको मध्यतिर नयाँ सम्झौता गर्न आनाकानी गरेपछि उनको कप्तानी पद खोसिएको थियो । होएबिएरलाई अनुबन्ध गर्न एभर्टनले इच्छा जाहेर गरेपनि टोटेनहमले खेलाडी र क्लब दुवैसँग सहमति गर्दै ट्रान्सफर सफल पारेको हो ।

होएबिएर टोटेनहम आउँदा स्पर्सका इंग्लिस डिफेन्डर काइल वाल्कर पिटर्स भने साउथह्याम्पटन गएका छन् । गत सिजन लोनमा उक्त क्लबबाट खेलेका पिटर्सलाई अनुबन्ध गर्न साउथह्याम्पटनले १२ मिलियन पाउण्ड खर्चेको हो । दुवै खेलाडीले ५ वर्षको सम्झौता गरेका छन् ।
पिटर्सले सन् २०१७ मा फिफा यू-१७ विश्वकप जितेका थिए । टोटेनहमकै एकेडेमीमा हुर्केका उनले क्लबको सिनियर टोलीका लागि २४ खेल समेत खेलिसकेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]