5 years ago
August 12, 2020
एजेन्सी – विगतको च्याम्पियन्स लिगभन्दा यो सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणदेखि खेल एक लेगको अवधारणामा हुँदैछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले कोरोना महामारीपछि क्वाटरफाइनल र सेमिफाइनलको डबल लेगलाई एक लेगमा खेलाउने योजना बनाएको छ ।

यतिमात्र होइन यूईएफएले अब सबै खेल मिनि टुर्नामेन्टको रुपमा पोर्चुगलको लिस्वनमै खेलाउने निर्णय गरेको छ । यूईएफएको यो अवधारणा अनुसार आजदेखि पोर्चुगलमा क्वाटरफाइनलको खेल बन्द रंगशालामा आयोजना हुँदैछ । जसमा बेन्फिका र स्पोर्टिङ लिस्वनको मैदानमा १२ दिनसम्म सात खेल हुनेछ र एक टोली च्याम्पियन बन्नेछ ।
कोभिड–१९ को महामारी नफैलिएको भए च्याम्पियन्स लिगको फाइनल मे महिनामै टर्कीको इस्तानबुलमा सम्पन्न भइसक्ने थियो । इस्तानबुलले सबै खेललाई आयोजना गर्न नसक्ने बताएपछि युइएफएले लिस्वनमा च्याम्पियन्स लिगको बाँकी खेल गराउने निर्णय गरेको थियो ।
च्याम्पियन्स लिग ६ वर्षपछि लिस्वनमा फर्किएको हो । लिस्वनले यसअघि २०१४ को च्याम्पियन्स लिगको फाइनल आयोजना गरेको थियो । जहाँ दुई स्पेनिस क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले प्रतिस्पर्धा गरेका थिए । त्यहाँ रियल च्याम्पियन बनेको थियो ।
यसपटक क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब आरबी लाइप्जिग र स्पेनिस एट्लेटिको मड्रिड, स्पेनिस बार्सिलोना र जर्मन बायर्न म्युनिख तथा इंग्लिस म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लियोनबीच प्रतिस्पर्धा हुदैछ ।
क्वाटरफाइनलको पहिलो दिन बुधबार राति बेन्फिाकाको मैदानमा इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । लाइप्जिग र एट्लेटिको खेल लिस्वनको मैदानमा बिहीबार राति हुनेछ ।
शुक्रबार राति बार्सिलोना र बायर्न म्युनिखको खेल बेन्फिकाको मैदानमा हुनेछ । अन्तिम क्वाटरफाइनलमा शनिबार राति म्यानचेस्टर सिटी र लियोनबीचको खेल लिस्वनको मैदानमा हुनेछ । सेमिफाइनल मंगलबार र बुधबार राति तथा फाइनल आइतबार राति हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]