default_image

5 years ago

August 12, 2020

एमबाप्पे एटलान्टाविरुद्ध खेल्न तयार !

153 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टचेलले आफ्ना युवा स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेल्न सक्ने बताएका छन् ।

पीएसजीले आज राति इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्च स्टार एमबाप्पेले तीन साताअघि फ्रेन्च कपको फाइनल दौरान चोट बोकेका थिए । एमबाप्पेले २५ जुलाईमा सेन्ट इटिएनविरुद्धको फ्रेन्च कप फाइनल दौरान चोट बोकेका थिए । त्यसयता मैदान बाहिर रहेका एमबाप्पेले फ्रेन्च लिग कपको खेल पनि गुमाएका तिए । उनी पूर्णरुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको थियो ।

प्रशिक्षक थोमस टचेलले कुनै ठुलो समस्या नभएमा एम्बाप्पे एटलान्टाविरुद्ध खेल्न सक्ने बताएका हुन् । प्रशिक्षक टचेलले एमबाप्पेलाई टोलीमा समेट्दै इटालियन क्लब एटलान्टाविरुद्धको खेलका लागि आशावादी रहेको खेल्न नसक्ने अवस्थामा बेन्चमा रहने बताएका थिए ।

‘एमबाप्पेको साथमा खेल सक्ने सम्भावनालाई लिएर हामी खुसी छौ । एमबाप्पे फर्कदा नेयमारलाई उनी जस्तै खेल्ने व्यक्ति प्राप्त हुनेछ,’ टचेलले भनेका छन् ।

पीएसजी एटलान्टालाई पराजित गर्दै १९९४–९५ को सिजनपछि पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । सेमिफाइनलमा पुगेको खण्डमा पीएसजीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन आरबी लाइप्जिग बीचको विजेतासँग खेल्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.