default_image

5 years ago

August 12, 2020

बार्सिलोनाका खेलाडीलाई पनि कोरोना संक्रमण

241 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको तयारीमा रहेको क्याटलान क्लब बार्सिलोनाको एक खेलाडीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

बार्सिलोनाले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै टोलीका एक खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । यधपी संक्रमित खेलाडी च्याम्पियन्स लिग खेल्ने टोलीमा भने नरहेको क्लबले बताएको छ । बार्सिलोनाले च्याम्पियन्स लिग टोलीमा नपरेका ९ खेलाडीलाई हाल प्रि-सिजन प्रशिक्षणका लागि बोलाएको थियो । तिमध्य एक खेलाडीमा संक्रमण देखिएको हो ।

क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मंगलबार दिउँसो गरिएको पीसीआर परिक्षणमा ९ खेलाडी रहेको प्रि-सिजन प्रशिक्षणबाट एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वस्थ नै रहेका उनी हाल आफ्नै निवासमा क्वारेन्टिनमा छन् ।’

क्लबले यस विषयमा सम्बन्धित खेल र स्वास्थ्य निकायमा जानकारी गराएको छ । खेलाडीसँग सम्पर्कमा आएका सबैलाई पुन: पीसीआर टेस्ट गर्न लगाइएको छ । च्याम्पियन्स लिग टोलीमा रहेको सबै खेलाडी हाल लिस्बन जान छुट्टै बसेकाले संक्रमणको डर नरहेको क्लबले जनाएको छ । बार्सिलोना शुक्रबार हुने खेलको लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रि सिजन प्रशिक्षणमा बार्सिलोनाबाट लोनमा अन्यत्र गएका खेलाडी र हालै अनुबन्धित खेलाडी रहेका छन् । पेड्री, त्रिन्काओ, माथिअस फर्नान्डेस, टोबिदो, वागे, कार्लेस एलेना, राफिन्हा, मिरान्डा र ओरिओल बुस्केट्स प्रशिक्षणमा रहेका थिए ।

यसअघि स्पेनिस टोली एटलेटिको म्याड्रिडका दुई खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो । सोमबार क्लबले विज्ञप्ति जारी गर्दै एन्जल कोरिया र सिमे भर्साल्कोमा कोरोना संक्रमण देखिएको जनाएको थियो ।

दुवै खेलाडीमा कुनै लक्षण नदेखिएपनि उनीहरु होम क्वारेन्टिनमा छन् र च्याम्पियन्स लिगको खेल गुमाउनेछन् । एटलेटिकोले बिहीबार जर्मनीको आरबी लाइप्जिगको सामना गर्दैछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.