default_image

5 years ago

August 12, 2020

एटलान्टा र पीएसजी भिड्दै

361 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा आज राति क्वाटरफाइनलक चरणको पहिलो खेल हुँदैछ । इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ ।

खेल पोर्चुगलको लिस्वनस्थित बेन्फिकाको खेल मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । यि दुई टोली पहिलोपटक एक आपसमा भिड्न लागेका हुन् । यो सिजन फ्रेन्च फुटबलमा तीन उपाधि जितेको पीएसजी एटलान्टालाई पनि पराजित गर्दै २५ वर्षपछि पहिलोपटक सेमिफाइनल पुग्ने दाउमा हुनेछ । चोटग्रस्त फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको आगमनले पीएसजी उत्साहित देखिएको छ ।

एमबाप्पे चोटबाट मुक्त भनेपनि पूर्ण फिट भने छैनन् । उनले सुरुवाती रोजाईमा खेल्नैमा शंका छ । पीएसजीका लागि ब्राजिली स्टार नेयमार मुख्य हतियार हुनेछन् । मौउरो इकार्डी, पाब्लो साराबिया, माक्र्युन्योस, एन्डर हेरेरा, थियागो सिल्भा र केलर नाभासजस्ता खेलाडीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने छ । प्रतिबन्धका कारण एन्जल डि मारिया र चोटका कारण लेभिन कुर्जावा र मार्काे भेराट्टी टोलीमा हुनेछैन । उनीहरुको अभाव पीएसजीलाई खड्कन सक्नेछ ।

सन् २०१६ पछि पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गरेको पीएसजी कोरोनापछि पछिल्लो ६ खेलमा अपराजित रहेको छ । यसक्रममा पीएसजीले चार मैत्रीपुर्ण र दुई फाइनल खेल खेल्दै दुवैमा उपाधि जित्न सफल भएको थियो ।

यता, पछिल्ला वर्षहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको एटलान्टा पनि पीएजीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेको एटलान्टा क्लब इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । तर, बलियो पीएसजीलाई हराउन सहज हुनेछैन ।

एटलान्टाका लागि डुभाज जापटा मुख्य हतियार हुनेछ । मारियो पासालिस, एलजान्द्रो गोमेज, रोविन गोसेन्स र गोलरक्षक पिएरलुइगी गोल्लिनी जस्ता खेलाडी पीएसजीविरुद्धको खेलमा उत्रनेछन् । मुख्य फरवार्ड जोसिप इलिचिच भने व्यक्तिगत कारणले टोलीमा छैनन् । पछिल्लो २० मध्ये १९ खेलमा अपराजित एटलान्टाले सिरी ‘ए’ मा इन्टर मिलानसँग पराजित भएयता हार बेहोरेको छैन ।

खेलको फाइनल स्कोर अनुमान लगाउनुहोस् र जित्न्नुहोस् केल्मी नेपालको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.