5 years ago
August 12, 2020
एजेन्सी – ब्राजिलियन फुटबलका पूर्व स्टार रोनाल्डिन्हो समय समयमा चर्चामा आउने गरेका छन् । पछिल्लो पटक पाराग्वेमा पक्राउ परेर उनी चर्चामा थिए । जाली कागजका साथ भ्रमण गरेको भन्दै उनी दाजुसँगै पाराग्वेमा पक्राउ परेका थिए ।

केहि समय जेलमै बिताएपछि उनी अपराधिक गतिविधि नभएकाले पराग्वेकै एक होटेलमा हाउस एरेस्टमा बस्नु परेको थियो । बार्सिलोनाका पूर्व प्लेमेकर समेत रहेको रोनाल्डिन्होले हाउस एरेस्टको समयमा पनि कानुन उल्लङ्घन गरेको पाइएको छ । उनले त्यहि दौरानमा पार्टी आयोजना गर्दै मोडलहरुलाई डाकेको पाइएको छ ।
महिना दिन जेलमा बसेपछि उनलाई हाउस्ट एरेस्टमा बस्न सक्ने अदालतले फैसला गरेको थियो । १६ लाख अमेरिकी डलर धरौटीपछि उनलाई हाउस एरेस्टमा बस्न दिइएको थियो । हाउस एरेस्टका रुपमा उनी आरामदायी होटलमा बसेका थिए । त्यसबेला बाहिरका कुनैपनि व्यक्तिलाई एरेस्ट बसेको ठाउँमा आवागमन गर्न निषेधित गरिएको थियो ।
पाराग्वेको एचओवाई पत्रिकाका अनुसार रोनाल्डिन्होले हाउस एरेस्टकै बेलामा मोडलहरुसहित पार्टी नै आयोजना गरेको उल्लेख गरेको छ । बिहानै आयोजना गरिएको पार्टीमा महिलाको समूह सहभागी भएको जनाएको छ । पार्टीमा उनीहरुलाई विशेष उपहार समेत दिइएको उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीमा महिलाहरुलाई स्तरीय पेय पदार्थको व्यवस्था गरिएको र कतिपटक त दुई महिला एकै साथ पार्टीमा उपस्थित भएको पनि पत्रिकाले उल्लेख गरेको छ । ‘सामान्यता हेर्दा उनीहरु सबै मोडल जस्ता लाग्थ्ये,’ स्रोतलाई उल्लेख गर्दै पत्रिकाले लेखेको छ,’उनीहरु सिधै कार पार्कबाट आएका थिए । नियमित नआउने भने होटेल बाहिर उत्रेर मात्र जाने गर्दथे ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]