5 years ago
August 12, 2020
एजेन्सी – गत सिजन जर्मन बुन्डेसलिगामा उपविजेता बनेको बोरुसिया डर्टमुन्डले नयाँ सिजनको तयारीस्वरूप अष्ट्रियाको अल्टाकसँग मैत्रीपूर्ण खेलमा ६-० को फराकिलो जित दर्ता गरेको छ ।

अल्टाकको घरेलु मैदान क्यासपोइन्ट एरिनामा डर्टमुन्डले दुवै हाफमा ३-३ गोल गरेको थियो । डर्टमुन्डले पहिलो र दोस्रो हाफमा फरक टोली उतारेपनि आक्रमणमा निकै सुदृढ देखिएको थियो । खेलको १३ औं मिनेटमा नै जिओभानी रेइनाले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । उनले एर्लीङ हालान्डको पासमा गोल गरेका थिए ।
पहिलो गोलमा असिस्ट दिएका हालान्डले ३६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । हालान्डलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा जुड बेलिन्घमको उत्कृष्ट ब्याकहिल पासमा हालान्डले गोल गर्दै ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा नयाँ टोली उतारेको डर्टमुन्डले अर्को गोलको लागि आधा घण्टा संघर्ष गर्नुपर्यो । अल्टाकका गोलरक्षकले थोर्गन हाजार्डलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हाजार्ड आफैंले पेनाल्टीको सदुपयोग गरेका थिए । ८५ औं मिनेटमा एमरे च्यानले थोमस मुनिएरको पासलाई सदुपयोग गर्दै ५-० को अग्रता दिलाए । ९० औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दै डर्टमुन्डको फराकिलो जित पक्का गरे ।
डर्टमुन्डले अब अर्को मैत्रीपूर्ण खेलमा आइतबार अष्ट्रिया वाइनको सामना गर्नेछ । अगस्ट अन्तिम सातामा डर्टमुन्डले पाडेरबर्नको अतिथ्यता गर्ने तालिका छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]