5 years ago
August 13, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजी २-१ ले विजयी रहयो । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी रहयी ।
खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै एक हातले बचाए ।
खेलको १९ औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेयमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । नेयमारले तीव्र गतिमा बल अगाडि बढाउने क्रममा डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई इकार्डीले पेनाल्टी क्षेत्रभित्रै रहेपनि बलसम्म पुग्ने प्रयास गरेनन् ।
खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोलमा एटलान्टाले अग्रता लियो । पीएसजीको डिफेन्सले सामान्य क्लियरेन्स गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका पासालिचले गोलरक्षक नाभासलाई उक्त प्रहार बचाउने कुनै अवसर दिएनन् । लगत्तै अर्कोतर्फ नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

३५ औं मिनेटमा नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाए । त्यसको दुई मिनेटपछि नै नेयमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई सराबियाले क्रस गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने । ४१ औं मिनेटमा सराबियाकै क्रसमा इकार्डी बलसम्म पुग्न सकेनन् । त्यसको एक मिनेट नबित्दै हाटेबोरले दिएको ब्याकपास नेयमारले पेनाल्टी क्षेत्रभित्र भेटेपनि गोलरक्षक मात्र भएको अवस्थामा उनको प्रहार आकासियो ।
पहिलो हाफमा १-० ले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुवातदेखि नै आफ्नो लय समात्यो । लगातार बलमा पकड बनाएपनि दोस्रो हाफमा गोल गर्ने पहिलो अवसर भने एटलान्टाले नै पाएको थियो । ५८ औं मिनेटमा फ्रिकिकमा रिबाउन्ड आएको बललाई जिम्सितीले पोस्टको दिशा दिन सकेनन् ।
खेलको ६० औं मिनेटमा किलियन एमबाप्पे सरबियाको स्थानमा मैदान प्रवेश गरेका थिए । एमबाप्पेले ७४ औं मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलरक्षक स्पोर्टिएल्लोले बचाए । ७६ औं मिनेटमा नेयमारले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार फितलो रहयो । ८० औं मिनेटमा एमबाप्पेको प्रहारलाई पालोमिनोले उत्कृष्ट ट्याकल गर्दै गोलरक्षकसम्म नपुग्दै विफल पारे ।
८५ औं मिनेटमा जुलियन ड्राक्सलरको कर्नरमा एरिक माक्सिम चुपो मोटीङको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै ड्राक्सलरको लामो दुरीको प्रहार आकासियो ।
९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा लुइस मुरिएलले पाएको अवसर सदुपयोग गर्न नसक्दा पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
यस जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]