default_image

4 years ago

August 13, 2020

नेयमारले भेटे मेस्सीको कीर्तिमान

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली फरवार्ड नेयमारले एकै खेलमा धेरै ड्रिब्लिङ गर्ने बार्सिलोनाका लियोनल मेस्सीको कीर्तिमालाई बराबरी गरेका छन् । नेयमारले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलमा १६ ड्रिब्लिङ गर्दै मेस्सीले १२ वर्षअघि राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् । मेस्सीले २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा १६ ड्रिब्लिङ गर्दै यो […]

54 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली फरवार्ड नेयमारले एकै खेलमा धेरै ड्रिब्लिङ गर्ने बार्सिलोनाका लियोनल मेस्सीको कीर्तिमालाई बराबरी गरेका छन् ।

नेयमारले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलमा १६ ड्रिब्लिङ गर्दै मेस्सीले १२ वर्षअघि राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् । मेस्सीले २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा १६ ड्रिब्लिङ गर्दै यो कीर्तिमान बनाएका थिए ।

एटलान्टाबिरुद्धको खेलमा नेयमारले ११३ पटक बल टच गर्दा ४४ वटा पास पुरा गरेका थिए । जसमा २२ पास अग्रपङ्तिमा तथा बाँकी तेस्रो जोनमा गरो थिए । यो बीचमा नेयमारले ९ फल जित्दा पाँचपटकको गोलको लागि मौका सिर्जना गरेका थिए ।

खेलमा नेयमारले आधा दर्जन गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । तर, पीएसजीले खेलको अन्तिम समयतिर तीन मिनेटको अन्तरमा दुई गोल गर्दा नेयमारको दुवै गोलमा संलग्नता थियो । नेयमार खेलमा म्यान अफ द म्याच समेत बनेका थिए ।

पेनाल्टी बक्सभित्रको नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले वान टचमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा नेयमारको पासमा केलियन एमबाप्पेले अफसाइड बिट ट्रयाप गर्दै दिएको पासलाई चुपो मोटिङले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाउँदै सेमिफाइनलमा पुर्‍याए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.